देश

बझाङ भूकम्पबाट घर भत्किएकाहरूलाई तत्कालै ५० हजार रुपैयाँ दिने प्रधानमन्त्री प्रचण्डको घोषणा



काठमाण्डौ, १९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बझाङ केन्द्रविन्दु भएको भूकम्पबाट पूर्ण क्षति भएका प्रतिघरपरिवारलाई अस्थायी आवास निर्माणका लागि तत्कालै ५० हजार रुपैयाँ दिने घोषणा गर्नुभएको छ ।

आज शुक्रवार हेलिकप्टरबाट बझाङको सदरमुकाम चैनपुर पुगेर भूकम्पबाट भएको क्षति अवलोकनपछि प्रधानमन्त्री प्रचण्डले अस्थायी आवास निर्माणका लागि तत्कालै ५० हजार रुपैयाँ दिने घोषणा गर्नुभएको हो । उहाँले भूकम्पका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने बताउनुभयो ।

यस्तै भूकम्पबाट प्रभावित अरू परिवारलाई राहतस्वरूप परिवार सङ्ख्याको आधारमा मापदण्डअनुसार १५ देखि २० हजार रुपैयाँ तत्काल राहत खर्च व्यवस्था गर्ने प्रचण्डले बताउनुभयो । भूकम्पका कारण घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउनुको साथै पाल, कम्बल, औषधि, खाद्यान्न, लत्ताकपडा लगायत राहत सामग्रीहरू उपलब्ध गराएको र आवश्यकताका आधारमा थप गर्ने उहाँले बताउनुभयो ।

बझाङको तलकोट र चैनपुर आसपास केन्द्रविन्दु भएर मङ्गलवार गएको भूकम्प र त्यसपछिका परकम्पले बझाङ लगायत आसपासका जिल्लामा क्षति गरेको छ ।

प्रकाशित : १९ आश्विन २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६