रुपन्देही २१ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले फोहरमैलालाई स्रोतको रुपमा उपयोग गर्नु पर्ने बताएका छन् । उनले त्यसको पुनः प्रयोग र प्रशोधनबाट आयआर्जन गर्न सक्नु पर्ने बताए । यसले आर्थिक विकास र समृद्धि आउने उनले बताए ।संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयको आयोजनामा लुम्बिनीमा भएको फोहरमैला व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा उपर प्रदेशस्तरीय परामर्श कार्यशालालाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले यस्तो बताएका हुन् ।
उनले कानुनको मस्यौदा तयार गर्दा स्थानीय सरकार, प्रदेश सरकार र स्थानीयसंग छलफल गरेर ल्याउनुपर्ने बताए । मुख्यमन्त्री चौधरीले छलफलमा उठेका सुझावहरुलाई समावेश गरेर केन्द्र सरकारले कानुन बनाउने कुरामा आशा व्यक्त गरे ।उनले फोहर व्यवस्थापनको लागि आफुबाटै शुरुवात गर्नु पर्ने बताए । अहिले फोहरमैला जथाभावि फाल्ने चलन भएको औल्याउँदै मुख्यमन्त्री चौधरीले अव सबैले फोहरमैला व्यवस्थापनको लागि तोकिएको ठाउँमा फाल्नुपर्ने बताए । त्यसरी राखियको फोहरमैलालाई केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारले व्यवस्थापनमा काम गर्नुपर्ने उनको भनाई छ । मुख्यमन्त्री चौधरीले फोहरमैला व्यवस्थापनको लागि कानुनी रुपमै समाधान खोज्नुपर्ने बताए ।
२१ आश्विन २०८०, आइतबार








प्रतिक्रिया