अन्तर्राष्ट्रिय

पतञ्जलीले रूपन्देहीमा एक अर्बको लगानीमा आयुर्वेदिक औषधि उद्योग सञ्चालन गर्ने




बुटवल ९ कार्तिक ।भारतको हरिद्वारस्थित पतञ्जली योगपिठले रूपन्देहीमा योग प्रशिक्षण केन्द्र र वेलनेस सेन्टर स्थापना गर्ने भएको छ।पतञ्जलीले रूपन्देहीको धकधईमा एक अर्ब रूपैयाँको लगानीमा आयुर्वेदिक औषधि उद्योग पनि सञ्चालन गर्ने जनाएको छ।योगपिठका अध्यक्ष आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले बुटवलमा पत्रकार सम्मेलन गर्दै नेपालमा जडिबुटीको भण्डार रहेको र तिनै जडिबुटीको सदुपयोग गर्दै आयुर्वेदिक औषधि उद्योग सञ्चालन गर्ने जनाएका हुन्।ुनेपालका हरेक वनजंगल, पहाड, खोला खोल्सीमा जडिबुटीहरूको भण्डार छ। तर ती जडिबुटीको उचित प्रयोग हुन सकेको छैन,ु आचार्य बालकृष्णले भने।जडिबुटी बिक्रीका लागि कुनै पनि बजारको खोजी गर्नुनपर्ने समेत उनले बताए।

जडिबुटी उत्पादन गर्न सके बिक्रीका लागि बजारको खोजी नै गर्नुपर्दैन। नेपालमा जडिबुटीको उत्पादन गरेर विदेशमा निर्यात गर्न सकिन्छ, उनले भने।उद्योग स्थापना भएपछि ५ सय बढीले रोजगारी पाउने र उनीहरू अधिकांश स्थानीय नै हुने उनले बताए। साथै आफैंले जडिबुटी संकलन गर्ने र उद्योगलाई बिक्री गरेर एक हजार जनाभन्दा बढीले अप्रत्यक्ष रूपमा रोजगारी पाउने पनि उनको भनाइ छ।उनका अनुसार नेपालमा एक लाख जनाभन्दा बढी पतञ्जलीका योग प्रशिक्षक छन्।आचार्य बालकृष्णले नेपाल बुद्धको देशको रूपमा विश्वव्यापी बनेको बताउँदै पशुपतिनाथ मुक्तिनाथ, माता जानकी र बाल्मिकी आश्रम भैसालोटनको क्षेत्र भएको बताए।
४० वर्षपछि पहिलोपटक दसैं मनाउन गृह जिल्ला स्याङ्जा गएका आचार्य बालकृष्णले पाल्पाको बसन्तपुर रहेको कामख्या मन्दिर परिसरमा पनि पत्रकार सम्मेलन गरेका थिए।त्यहाँ उनले नेपाल र भारतको राजनीतिक सीमा र सम्बन्ध फरक भए पनि सांस्कृतिक विरासत एउटै भएको बताउँदै त्यसलाई कसैले अस्वीकार गर्न नसक्ने बताए।नेपालको राजनीतिक सीमा फरक छ। हामी त्यसलाई अस्वीकार गर्न सक्दैनौं। तर दुवै देशको सांस्कृतिक विरासत एक छ। जीवन राजनीतिक सीमाबाट होइन हृदयको मिलनबाट चल्छ। हृदयको मिलन संस्कृति र सनातनबाट अखण्ड छ।

तसर्थ भारत र नेपालको सम्बन्ध कहिल्यै बिच्छेद हुन सक्दैन, उनले भने।उनले प्राकृतिक सुन्दरता, आवतजावतको सहजता, भाषिक, धार्मिक, सांस्कृतिक समानताले भारतीय पर्यटकका लागि नेपाल सहज गन्तव्य भएको उल्लेख गरे।भारतका कतिपय प्रान्तमा जान पासपोर्ट अनिवार्य छ। तर भारतीय नागरिक बिना पासपोर्ट, बिना अनुमति नेपालका जुनसुकै ठाउँ घुम्न आउन सक्छन्, उनले भने, दुई देशबीच सनातन संस्कृति, वैदिक परम्परा, भाषिक, धार्मिक, सांस्कृतिक समानता र रोटीबेटीका सम्बन्धले पनि सहज छ।ु

प्रकाशित : ९ कार्तिक २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६