ब्रेकिंग न्युज

२बर्ष बन्द सहकारीको ६ बर्षपछि साधारण सभा




कपिलवस्तु १३ कार्तिक।कपिलवस्तुको तौलिहवा स्थित कपिलवस्तु बचत तथा ऋण सहकारी संस्थाको लामो समय पछि साधारण सभा र अधिबेशन गरिएको छ । १२ करोड हिनामिना भए पछि २ बर्ष सम्म बन्द भएको सहकारीको झन्डै ६ बर्ष पछि २५ औ साधारण सभा र १३ औ अधिबेशनको उदघाटन सत्र तौलिहवामा संपन्न गरिएको हो । अदालतको आदेश पछि १५ महिना अघि राजु प्रसाद अर्यालको अध्यक्षतामा सहकारीको कार्य समिति गठन गरी बन्द रहेको सहकारी पुन संचालन गरिएको थियो ।
कार्यक्रमको उदघाटन गर्दै लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेयले ३ दशक अघि स्थापना भएको सहकारी केही ब्यक्तिहरुको कारणले समस्यामा परको र अहिले फेरी संचालन भएकोमा खुशी ब्यक्त गरे । उनले बचतकर्ताहरुको बचत फिर्ता गरी जनतको बिश्वास जित्ने गरी काम गर्नु पर्ने बताए । उनले यो सहकारीलाई फेरी माथी उठाउन जरुरी रहेको बताए । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले आफु पनि सो सहकारीको सदस्य रहेको भन्दै यो सहकारी फेरी संचालनमा आएकोमा खुशी ब्यक्त गरे । उनले यो सहकारीले जनताको मन जित्ने गरी काम गर्नु पर्ने बताए ।
कार्यक्रममा सहकारीका अध्यक्ष राजु प्रसाद अर्यालले संकटगस्त सहकारीलाई पुनः लयमा फर्काइएको बताए । उनले बचतकर्ताहरुको केही रकम फिर्ता गरी सकेको र बाकी पनि नया नीति बनाएर फिर्ता गरिने बताए । सहकारीका अध्यक्ष राजु प्रसाद अर्यालको अध्यक्षता, चन्द्र कुमार तिवारीको संचालनमा भएको कार्यक्रममा उपभोक्ता मंचका जिल्ला अध्यक्ष कालीपद शर्मा, कपिलवस्तु नगरपालिकाका नारायण रेग्मी, सहकारीको पुर्व अध्यक्ष संजय लम्साल, गैसस महासंघका जिल्ला अध्यक्ष जय प्रकाश पाण्डेय लगायतले शुभकामना मन्तब्य दिएका थिए ।१८ सय बढी शेयर सदस्य रहेको सहकारीमा २ सय ८५ जना मात्र सदस्य उपस्थित रहेकोले बन्द सत्र भने सोमवार हुन सकेन । आउने कार्तिक २२ गते कपिलवस्तु नगरपालिकाको हलमा बन्द सत्र गरिने कार्यक्रम तय भएको अध्यक्ष अर्यालले बताए । ११ करोड ९९ लाख हिनामिना रहेको सहकारीमा ५३ जना बिरुद्ध मुद्दा चलीरहेको छ ।

प्रकाशित : १३ कार्तिक २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६