प्रदेश

गुल्मीमा एक किशोरीको नग्न अवस्थामा शव फेला



गुल्मी, १७ कात्तिक । गुल्मीमा एक किशोरीको शव नग्न अवस्थामा फेला परेको छ । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ शान्तिपुरकी १५ वर्षीया किशोरीको शव स्थानीय हुग्दी खोलामा फेला परेको हो ।जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले घटनास्थलमा प्रहरी निरिक्षकको टोली गएको बताए । उनले घटना बारे थप जानकारी आएपछि विवरण उपलब्ध गराउने बताएका छन् ।किशोरीको हत्या भएको आशंका गरिएको छ । उनी बिहिवार दिउँसो आफ्नै खेतमा परालको दाँइ लगाउने क्रममा बजारमा सुर्ती किन्न गएकी थिइन् । उनी नफर्किएपछि खोजी कार्य सुरु गरिएको थियो ।

प्रकाशित : १७ कार्तिक २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६