कपिलवस्तु, १८ कात्तिक ।
नेकपा एमाले कपिलवस्तुले जाजरकोटमा भएको भुकम्प घटनामा दुःख व्यक्त गरेको छ । शुक्रवार राति जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको ६.४ मेग्निच्यूटको बिनासकारी भुकम्पबाट ठूलो जनधनको क्षती भएको प्रति नेकपा एमाले कपिलवस्तुले विज्ञप्ती मार्फत दुःख व्यक्त गरेको हो ।
जिल्ला अध्यक्ष डम्बर शर्माद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा भनिएको छ, जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको ६.४ मेग्निच्यूटको बिनासकारी भुकम्पबाट ठूलो जनधनको क्षती भएको प्रति नेकपा (एमाले), कपिलवस्तु स्तब्ध एवम् शोकाकूल भएको छ । भुकम्पमा परी ज्यान गुमाउनु हुने प्रति हार्दिक श्रद्धाञ्जली प्रकट गदै शोक सन्तप्त परिवारजन, आफन्तजन प्रति गहिरो समवेदना प्रकट गर्दछौं ।
भुकम्पमा परी घाइतेहुनुहुनेहरु प्रति शिर्घ स्वास्थ्य लाभको कामना गर्दछौं । यस पिडादायी अवस्थामा प्रभावकारी, शिर्घ उपचार, राहतको ब्यवस्था गर्न नेपाल सरकार समक्ष आग्रह गर्दछौं । संवेदनशिल घडिमा उद्धार, सहयोग कार्यमा सक्रियपूर्वक जुटन सामाजिक संघ, संस्था, स्थानियबासी एवम् सबैपक्षसंग अपिल गर्दछौं ।









प्रतिक्रिया