देश

‘जाजरकोट भूकम्प बझाङमा गएको भूकम्पको परकम्प होइन’



काठमाण्डौ, १८ कात्तिक । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा। लोकविजय अधिकारीले जाजरकोट भूकम्प गएको महिना बझाङमा गएको भूकम्पको परकम्प नभएको जानकारी दिनुभएको छ ।

उहाँले गएराति जाजरकोट केन्द्रबिन्दु भइ गएको भूकम्प बझाङको परकम्प नभएर नयाँ भूकम्प भएको बताउनुभएको हो । गए राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।

नेपालको पश्चिम क्षेत्रमा विगत पाँच सय वर्षदेखि ठूलो भूकम्प नगएकाले जुनसुकै बेलामा जानसक्ने भएकाले सचेत रहनुपर्ने डा अधिकारीले बताउनुभयो । नेपालको हिमालय क्षेत्रलाई भूकम्पको सम्भावित क्षेत्रका रुपमा लिने गरिन्छ । पछिल्लो समय नेपालको पश्चिमी क्षेत्र भएर भूकम्प जाने क्रम बढ्दो देखिएको छ ।

प्रकाशित : १८ कार्तिक २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६