प्रदेश

लुम्बिनीका कर्मचारीले भूकम्प प्रभावितलाई तीन दिनको तलब राहत दिने



दाङ, २३ कात्तिक । लुम्बिनी प्रदेशमा कार्यरत कर्मचारीले भूकम्प प्रभावितलाई राहत दिने भएका छन्। भूकम्पबाट प्रभावित क्षेत्र जाजरकोट, रुकुम पश्चिमलगायत प्रभावित क्षेत्रका लागि राहत रकम दिने भएका छन्।

कार्यत्ररत सम्पूर्ण कर्मचारीले एक दिनदेखि तीन दिनसम्मको पारिश्रमिक रकम भूकम्प प्रभावित क्षेत्रका लागि दिने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनीका उपसचिव यमकान्त पाण्डेले जानकारी दिए।

प्रमुख सचिवको अध्यक्षतामा बसेको सचिवस्तरीय निर्णयअनुसार एघारौँ तह वा सोभन्दा माथिका कर्मचारीले तीन दिनको तलब, अधिकृत छैटौँदेखि दशौँ तह वा सो सरह सम्मका कर्मचारीले २ दिनको तलव र सहायक स्तर र तहविहीन कर्मचारीले एक दिनको तलब भूकम्पपीडितका लागि उपलब्ध गराउने निर्णय भएको हो।

उक्त रकम कर्णाली प्रदेश सरकारको विपद व्यवस्थापन कोषमा उपलब्ध गराउने निर्णय गरिएको प्रमुख सचिव राधिका अर्यालले जानकारी दिइन्। गत शुक्रवार गएको भूकम्पले कर्णाली प्रदेशको जाजरकोट, रुकुम पूर्व, सल्यान जिल्लामा मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ।

प्रकाशित : २३ कार्तिक २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६