प्रदेश

जुवा खेलिरहेको अवस्थामा पाँच जुवाडे पक्राउ



दाङ, २३ कात्तिक । जुवा खेलिरहेको अवस्थामा प्रहरीले दाङको तुलसीपुरबाट ७४ हजार रकमसहित पाँच जनालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ को बसपार्कमा ५१ वर्षीय तोभान केसीको घरमा छापा मारेर प्रहरीले ७४ हजार ८ सय ८० रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा तुलसीपुर – ५ का ४४ वर्षीय दिलिपप्रसाद कलवार, ४३ वर्षीय राजु कुरेसी, ३२ वर्षीय बब्लु कुरेसी र भारतको शिद्धनगर इतवार घर भएका २० वर्षीय साहरुक खान रहेको प्रहरीले जानकारी दिएको छ ।जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक नवराज केसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो।

प्रकाशित : २४ कार्तिक २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६