ब्रेकिंग न्युज

प्रथम रोटी महोत्सव : रोटी खान तानसेन जाऔ तिहार मनाऔ अभियान शुरु




पाल्पा २५ कार्तिक । तानसेनको टक्सारमा शुक्रबारदेखि रोटी महोत्सव हुने भएको छ । महोत्सव दुई दिन सम्म सञ्चालन हुने छ ।कला संस्कृतिमा धनी रहेको तानसेनको टक्सारटोलमा तिहार पर्व लाई लक्षित गरेर रोटी महोत्सव गर्न लागिएको हो । पाल्पा उद्योग वाणिज्य संघ, तानसेन नगरपालिका ३ नं. वडा कार्यालय र मैत्री क्लब तानसेनको आयोजनामा प्रथम रोटी महोत्सव हुन लागेको महोत्सव मुल आयोजक समितिका संयोजक रञ्जना थापा अर्यालले जानकारी दिनुभयो ।महोत्सबारे जानकारी दिन बिहीबार पत्रकार सम्मेलन गरिएको थियो । सम्मेलनमा रोटी महोत्सवमा स्थानीयस्तरमा उत्पादित रोटीहरु फिनी, लाखा, जुम्ली, अनरसा, अर्सा, झिँनीया, सेलरोटी, झर, पाते, लहरा तथा खुर्मा जस्ता रोटीका प्रकारहरु राखिने संयोजक थापा अर्यालले भनाइ छ।
महोत्सवमा आउने पाहुनाहरुलाई अन्य स्थानमा भन्दा सस्तो र गुणस्तरीय रोटीहरु उपलब्ध गराइने आयोजकको दावी छ ।तानसेनको बजारलाई चहल पहल बनाउन, स्थानीय उत्पादनको विक्री वितरण बढाउन, स्थानीय स्तरमा रोजगारी बढाउन पाल्पा उधोग वाणिज्य संघले परम्परागत पेशा व्यवसायलाई प्रवद्र्धन गर्न रोटी महोत्सवको आयोजना गरेको पाल्पा उधोग वाणिज्य संघका अध्यक्ष शैलेन्द भट्टराईले बताउनुभयो ।पत्रकार महासंघका उपाध्यक्ष भरत शर्माले टक्सारटोल कला संस्कृतीमा धनी रहेको भएपनि पछिल्लो समय बजारमा चहल पहल हराउदै गएको अवस्थामा रोटी महोत्सवले उत्साह थप्ने बताउनुभयो । यस्तो महोत्सव एक पटक मात्र नभई अन्य चाडपर्वहरुलाई लक्षित गरेर गर्नुपर्नेमा उहाँको जोड थियो ।

प्रकाशित : २५ कार्तिक २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६