देश

कपिलवस्तुमा छठ : साझा, एकता, समाबेशी र सदभावको पर्व बन्दै




कपिलवसतु ३० कार्तिक ।कपिलवस्तुमा अहिले छठ पर्व साझा एकता समाबेशी र सदभावको पर्व बनेको छ । मैथीली अवधि, भोजपुरी र पहाडी समुदायलाई पर्वले जोडेको छ । केही बर्ष अघि सम्म पुर्वी तराईका केही जिल्लाहरुमा सीमति छठ पर्व अहिले समाबेशी बन्दै गएको छ । अहिले तराईका जिल्लाहरुमा समेत बिभिन्न जात जातिहरुले समेत मनाउन थाले पछि यो पर्व समोबशी र सांस्कतिक पर्वकारुपमा विकासित हुदै गएको हो । बिशेष गरी पुर्वका मधेसी समुदायले मात्र अंगालिएको छठ पडाडी, नेवार, मधेसी, दलित मुस्लिम, जनजाति लगायतमा समेत लोकप्रिय बन्दै गएको पाईएको छ ।
जिल्लाको उत्तरी भेगमा रहेको गोरुसिंगे, चार नम्बर, चन्द्रौटा लगायतमा समेत छठ पर्व मनाउनेको संख्या हरेक बर्ष बृद्धि हुदै गएको छ । धनी, गरीब, हिन्दु मुस्लिम, महिला पुरुष, पहडी मधेसी सबै बर्ग समुदायले अंगाल्न थालेको यो पर्वले मुलुको बर्तमान अवस्थामा सामाजिक समानता कायम गर्न मद्दत पुग्ने उनको बिश्वास छ ।उता शुक्रवार देखि ४ दिन सम्म चल्ने छठ पर्वको कपिलवस्तु र बुद्धभुमी नगरपालिकाले तयारी अघि बढाएको छ ।
कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले छठ पर्वका लागि जमुहार र रामघाटमा सरसफाई, छठ स्थलको निर्माण लाईटिङ लगायका कुराहरुको ब्यवस्थापन गरिएको बताए । जमुहरा र रामघाट नदीमा छठ पर्वमा बूतालुहरुकालागि पुजा गर्न गरी सबै ब्यवस्था मिलाइएको उनले बताए । रामघाटको वारी कपिलवस्तु नगरपालिका र पारी बुद्धभुभुमीनगरपालिकाले छठ पुजा स्थल निर्माण गरेको छ । कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर १० का अध्यक्ष संदीप पाण्डेयले रामघाट पारी पुजापाठकालागि छठघाटमा निर्माण कार्य गरेको बताए ।

प्रकाशित : ३० कार्तिक २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६