प्रदेश

एम्बुलेन्सको ठक्करबाट घाइते शिवराजका प्रवेशको उपचारका क्रममा मृत्यु



बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका १ खैरी चोकमा एम्बुलेन्सको ठक्करबाट एक युवाको मृत्यु भएको छ । हालसम्म नम्बर नखुलेको एम्बुलेन्सले लु ६० प ३५०५ नम्बर र युके ०७ डिजेड ६००८ नम्बरको दुई वटा मोटरसाइकललाई बिहीबार राति ठक्कर दिएको थियो ।

मोटरसाइकलमा सवार शिवराज नगरपालिका–९ बस्ने ३० वर्षीय प्रवेश रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवारमध्ये ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । १ जनाको संजिवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार पश्चात डिस्चार्ज भएका छन् ।

दुर्घटनामा शंकास्पद रा १ ज १६३ नम्बरको एम्बुलेन्सलाई प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : १ मंसिर २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६