प्रदेश

रोल्पामा ट्याक्टरले च्यापिएर एकको मृत्यु



रोल्पा, २ मंसिर ।

रोल्पामा ट्याक्टरको हुटले च्यापिएर एक जनाको ज्यान गएको छ । यसरी मृत्यु हुनेमा रोल्पा माडी गाउँपालिका २ व्याङखोलाका १९ वर्षीय विशाल घर्तीमगर रहेको प्रहरीले जनाएको छ । घटनास्थल ईलाका प्रहरी कार्यालय रोल्पावाट २ किलोमिटर उत्तरमा रहेको छ ।

प्रहरीका अनुसार शुक्रवार वेलुका ८ः३० वजे शहीद मार्गमा रा १ त ३८८० नम्वरको ट्याक्टर वाटोमै पल्टिएको भनी ईलाका प्रहरी कार्यालय घर्तीगाउँलाई फोन मार्फत जानकारी आएको थियो ।

घटनाको जानकारी पाउँदा साथ ईलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी निरिक्षक कृष्ण सोनी नेतृत्वमा ५ जनाको प्रहरी टोली घटना स्थल तर्फ लागेको थियो । प्रहरी घटना स्थलमा पुग्दा ट्याक्टरको हुटले च्यापिएको अवस्थामा शव रहेकोमा जेसिवी वोलाई ट्याक्टर हटाएर शव निकालिएको प्रहरीको भनाई छ ।

उक्त शव पोष्ट मार्टमका लागि रोल्पा रेउघामा पठाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी देविराम भण्डारीले जानकारी दिए । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

प्रकाशित : २ मंसिर २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६