कपिलवस्तु ४ मंसिर, । रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न नेकपा एमाले कपिलवस्तुको स्वयमसेवि टोली मंसिर ५ गते त्यहा जान लागेको छ । २० सदस्यीय टोलीलाई अध्यक्ष डम्मर शर्माले नेतृत्व गर्नु हुनेछ ।टोलीले गर्ने काम वारे बताउदे अध्यक्ष शर्माले भन्नु भयो पिडितलाई आवास वनाएर हस्तान्तरण गर्ने सम्मका काम हुनेछन । महिला तर्फबाट उपसचिव शुशिला दर्लामिले नेतृत्व गर्नु हुनेछ ।टोलीले गर्ने काममा महिला परिचालनको वारे प्रष्ट पार्दै नेतृ दर्लामीले आफू सहित ६ जना महिला त्यहा जान लागेको र आवास वनाउने काममा प्रत्यक्ष खट्ने वताउनु भयो ।
आठविकोट नगरपालिका वडा नं –१४ स्थित जामिरेकोट पूर्णगाउँमा १३ जनाको मृत्यू भएको थियो भने समग्र रुकुम पश्चिममा ५३ जनाले भुकम्पमाज्यान गुमाएका थिए ।
एमाले अध्यक्ष शर्माले आठविकोट नगरपालिकामा जानु अघि त्यहाको सबै अवस्थावारे पार्टी कमिटीवाट जानकारी लिएको भन्दै भूकम्पले भत्किएका घरबाट निस्केका काठ, अन्य आवश्यक परेमा स्थानीयस्तरमै पाइने सल्लाको काठ र जस्तापाता प्रयोग गरेर अस्थायी आवास निर्माण काम गरिने वताउनु भयो ।एमाले कपिलवस्तुको २० सदस्य स्वमसेबि टोलि रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा भुकम्पछिको पुनर्निर्माणका लागि मंसिर ५ गते जाने निर्णय मंसिर २ मा वसेको पदाधिकारी समितीको विस्तारीत बैठकले गरेको थियो । एमाले कपिलवस्तुको टोली १० दिन सम्म पुन निर्माणमा खट्ने वताइएको छ । एमाले कपिलवस्तुले पेशेवर रुपमा सिकर्मी डकर्मी काम गर्दै आएका प्राविधिक समेतलाई लिएर जाने तयारी पुरा गरेको एमाले उपाध्यक्ष विश्राम चौधरीले वताउनु भयो ।
उहाले दिएको जनाकारी अनुसार खाद्यान्न ,सुत्ने विस्तारा , खाना पकाएर खाने भाडाकुडाा त्रिपाल समेत ब्यवस्थापन गरिएको छ । बस रिजर्व गरेर १० दिन सम्म त्यहा काम गर्नेगरी टोली जानलागेको हो ।गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले रुकुमपश्चिममा ५३ जनाको मृत्यु भएको थियो भने भौतिक संरचनामा क्षति पुर्याएको छ ।अहिले अधिकांश भूकम्पपीडित त्रिपालका सहारामा चिसो रात काटिरहेका छन ।








प्रतिक्रिया