प्रदेश

बाणगंगामा प्रदेश मै पहिलो खाद्य अधिकार तथा खाद्य प्रणाली सम्बन्धि रणनीतिक योजना तर्जुमा शुरु



सरिता थारु, कपिलवस्तु ७ मंसिर ।खाद्यमा नागरिकको पहुँच सुनिश्चित गर्न कपिलवस्तुको बाणगङ्गा नगरपालिकाले  खाद्यअधिकार तथा खाद्य प्रणाली रणनीतिक योजना बनाउन सुरु गरेको छ । खाद्य अधिकार तथा खाद्य प्रणाली रणनीतिका योजनाको मस्यौदा निर्माण गर्न नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीहरू र सरोकारवालाहरूको सहभागितामा रणनीतिक योजना निर्माण गर्न बुधबार देखि तालिम तथा छलफल सुरु भएको हो । कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त यादवले हरेक स्थानीय तहमा खाद्य अधिकार सुनिश्चित गर्न यो कार्यक्रम सुरु गरिएको जानकारी दिए ।यस्तै कार्यक्रममा विश्व खाद्य कार्यक्रमका कन्ट्रि डाइरेक्टर निल्स ब्लेजरले खाद्य सुरक्षाका लागि सबै सरोकारवालाहरू एक भएर लाग्नुपर्नेमा जोड दिए ।कृषि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशका उपसचिव एवं खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रबर्द्धन महाशाखा प्रमुख शाखा प्रमुख  घनश्याम चौधरीले यो कार्यक्रम सुरुवाती चरणमा ७ वटै प्रदेशको एकरएक स्थानीय तह छनौट गरी सञ्चालन गरेको  बताए ।यता कार्यक्रममा बोल्दै नगर प्रमुख चक्रपाणी अर्यालले लुम्बिनी प्रदेश मै बाणगङ्गा नगरपालिका यस कार्यक्रमका लागि  छनौट भएकोमा गर्भ महसुस भएको भन्दै सक्रियताका साथ लागि पर्ने जनाए । उनले खाद्य अधिकारलाई अब नगरपालिकाले आगामी निती तथा कार्यक्रममै समावेश गर्दै जाने उल्लेख गरे ।यस्तै कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले रणनीतिक योजना निमार्ण गरि कार्यान्वयनमा सबै सरोकारवालाहरूको साझा प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिए । खाद्य असुरक्षाको उच्च सूचकबाट न्यून सूचक तर्फ आउन सबै सरोकारवालाहरूको पहलकदमी हुन आवश्यक रहेको उनले औँल्याए ।राष्ट्रिय योजना आयोगको खाद्य प्रणाली निर्देशक समितिले खाद्य प्रणाली रूपान्तरणका लागि स्थानीयस्तरमा सञ्चालन गर्न नमुना परीक्षणको लागि लुम्बिनी प्रदेशबाट कपिलवस्तुको बाणगङ्गा नगरपालिकमा छनौट भएको हो ।  विशेष गरेर खाद्य अधिकार, खाद्य सम्प्रभुता, खाद्य सुरक्षा र खाद्य प्रणालीको अवधारण, ऐनका प्रावधानहरू, कार्यान्वयनको अवस्था सो सम्बन्धी रणनीतिक योजना निर्माण लगायतका सम्बन्धमा तालिम सञ्चालन भएको हो । तालिममा खाद्य प्रणालीको विषयवस्तुमा विश्व खाद्य सङ्गठनका पुष्प श्रेष्ठ, चन्द्र थापा र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि कार्यक्रमका महेश खरेलले सहजिकरण गरेका छन् ।

बाणगङ्गा नगरपालिका, कृषि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेश र राष्ट्रिय योजना आयोगको संयुक्त आयोजना तथा  विश्व खाद्य कार्यक्रम र संयुक्त राष्ट्र सङ्घको खाद्य र कृषि सङ्गठनको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको हो ।  तालिममा बाणगङ्गाका निर्वाचित सबै वडाका वडाध्यक्षहरू, शाखागत प्रमुखहरू, कृषि ज्ञान केन्द्र,  प्रधानमन्त्री आधुनिकीकरण परियोजना , उद्योग वाणिज्य संघ, सहकारीका प्रतिनिधि, अगुवा कृषक, कृषक समूहका प्रतिनिधि र पत्रकारहरूको सहभागिता रहेको छ।

प्रकाशित : ७ मंसिर २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६