प्रदेश

३ दिने लक्ष्मणघाट पुर्णिमा मेला तथा विविध साँस्कृतिक कार्यक्रमको तयारी तिब्र



कपिलवस्तु, ०७ मंसिर। लक्ष्मणघाट सामाजिक बिकास केन्द्रको आयोजनामा सदाका बर्षहरुमा झै यस बर्ष पनि यही मंसिर ११ देखी १३ गते सम्म तिन दिने लक्ष्मणघाट पुर्णिमा मेला तथा विविध साँस्कृतिक कार्यक्रम तयारी तिब्र रुपमा अगाडी बढेको अध्यक्ष थानेश्वर अधिकारीले बताए ।


सय बर्ष अगाडीबाट संचालन हुदै आएको सो मेलामा कपिलवस्तु, अर्घाखाँची, प्युठान,रुपन्देही र छिमेकी मुलुक भारत बाट समेत श्रद्धालु भक्तजनहरु मेला भर्न आउने गरेको बाणगंगा नगरपालिका वार्ड नं ६ का वडाध्यक्ष करुण टण्डनले जानकारी दिएका छन् ।

सो कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न संस्थाका अध्यक्ष थानेश्वर अधिकारीको संयोजकत्वमा ५१ सदस्सिय मेला मुल आयोजक समिति गठन गरिएको छ । बैठकले लक्ष्मणघाट सामाजिक विकास केन्द्रका संस्थापक अध्यक्ष रन बहादुर काउचालाई मेलाको निर्देशक तोकेको छ यसैगरी संस्थाका कार्य समिति सदस्य तेज बहादुर थापालाई मेलाको संयोजक र संस्थाका कोषाध्यक्ष दिनेश थारु र हुम बहादुर घर्तिलाई सह–संयोजक तोकेको छ भने बिभिन्न बिषयगत समिति गठन गरेको सचिव सरिता थारुले बताइन् ।

प्रत्येक बर्ष पुर्णिमा मेलाको अवसरमा बिशेष गरी थारु समुदायका मानिसहरुले बाणगंगा नदिमा स्थान गरी गौपुजन गर्ने दान दिने कथा सुन्ने , मुण्डन गरी मनाइने यो धार्मिक पर्व अहिले सबै समुदायका मानिसले मनाउने गरेको मेलाका निर्देशक रन बहादुर काउचा जानकारी दिएका छन् । अहिलेको सो मेलामा बिभिन्न स्थानिय व्यापार व्यवसायलाई प्रवद्र्धन गर्न बिभिन्न व्यवसायिक, कृिष, खाद्यान्न तथा घरेलु उत्पादनका स्टलहरु राखिने भएको छ । साथै यस बर्ष देखी सो मेलामा पिङ,मोतका कुवा,झुला, मिक्की माउस र वाल उद्यान समेत राखिएकाले दर्शकहरुको उपस्थिती बढ्ने संस्थाका उपाध्यक्ष अन्जित खनालले जानकारी दिएका छन् ।

सो कार्यक्रममा स्थानिय तथा राष्ट्रिय कलाकारहरु पुरुषोत्तम भण्डारी (पुर्खेबा), बसन्त लम्साल,लक्ष्मी बस्नेत, सम्झना रणपाल,गणेश क्षेत्री (जादुगर),पुर्णचन्द्र परियार,जिवन परियार,दिनेश रञ्जन,खेम चौधरी, बाल कलाकार एक्टिमा परियार,मोडल तथा डान्सर,सुमन पौडेल, सलिना नेपाली,शिव खनाल,दिपक भण्डारी,शारदा खनाल, कपिलवस्तु डान्स आइडल अजय थारु,स्नेहा थापा,मनमाया प्रजापती लगायतको प्रस्तुती रहने कार्यसमिति सदस्य मदन शर्माले जानकारी दिएका छन्। तिन दिन सम्म सञ्चालन हुने सो मेलामा करिव २०००० दर्शकले अवलोकन गर्ने अनुमान गरिएको मेलाका संयोजक तेजबहादुर थापाले जानकारी दिएका छन् । सो मेला तथा साँस्कतिक कार्यक्रमलाई प्रभावकारी रुपमा सफल गर्न बिभिन्न संघ संस्था निकायसँग समन्वय गर्ने आयोजकले बताएको छ । मेलाको सह–आयोजकमा लक्ष्मणघाट बोलबमधाम विकास समिति रहने छ ।

सो मेलामा दुना टपरी गास्ने प्रतियोगिता आयोजना गरिने कार्यसमिति सदस्य मिना आले काउचाले बताइन् । मेलामा अहिले सम्म करिव ६० जना व्यापारीहरुले स्टल दर्ता गरेको कार्यसमिति सदस्य तथा स्टल संयोजक बिनोद खनालले जानकारी दिए । साथै व्यापारिक स्टलको रेखांकन गर्ने काम सम्पन्न भएको संयोजक खनालले बताएका छन् ।

प्रकाशित : ८ मंसिर २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६