देश

गगन थापालाइ शितगंगाका कार्यक्रताको अनुरोध



शितगंगा, ०८ मंसिर ।

शितगंगा नगरपालिकाका नेपाली काग्रेशका महामन्त्री गगन थापालाई स्वागत गर्दै बिभिन्न क्षेत्रमा बिकासका लागि पहल गर्न अनुरोध गरेका छन । जिल्ला सम्मेलनमा सहभागि हुन आउनु भएका महामन्त्री थापालाई शितगंगामा स्वागत तथा कार्यक्रता भेटघाट कार्यक्रम गरि ज्ञापन पत्र समेत बुझाइएको छ ।

संक्षिप्त सबोधन गर्दै नेपाली काग्रेश महाधिबेशन प्रतिनिधी तथा पुर्व मेयर सुर्य प्रसाद अधिकारीले शितगंगा नगरपालिका कर्णाली जस्तै पछाडी परेको क्षेत्र भएकोले केन्द्रबाट प्राथमिकतामा पार्न बजेट ब्यवस्थापन गरिदिन अनुरोध गर्नु भयो । कार्यक्रता अहिले बिकासको माग गरिरहेकोले पनि कायैक्रता बिकाुमा पछाटी पर्दा निराशा भएको बताउनु भयो ।

यस्तै अधिकारीले पाटी भित्र पनि बिभेदका कृयाकलाप बढिरहदा नेता कार्यक्रतामा निराशा बढेकोले महासमितिको बैठकबाट निश्चित निति बनाउनु अनुरोध गर्नु भयो । जिल्लामा सहभागि हुने नेतामा बिभेद हुने गरेका बताउदै एक स्थानिय तहमा एक जना महासमिति र कुनैमा १३ जना सम्म हुँदा भुगोगमा काम गर्ने कार्यक्रतामा बिभेद हुने गरेकोले समानताको निति पाटीले लिनु पर्ने बताउनु भयो ।

यस्तै नगर प्रमुख छबिलाल पौडेलले जिल्ला सम्म फैलिएको शितगंगा नगरपालिकाका जनतालाई सेवा लिन धेरै दुख परेकोले इलाका प्रशासन कार्यलय स्थापनाको पहल गरिएकोले सहजिकरण गरिदिन अनुरोध गर्नु भयो ।


कार्यक्रममा शितगंगा नगर सभापति मोहन पन्थीले बिभिन्न योजनाहरुमा बजेट ब्यवस्थापन गर्न अनुरोध गर्दै ज्ञापन पत्र समेत बुझाउनु भएको थियो । कार्यक्रममा काग्रेश नेता मोती बेल्बासे ,नारायण बेल्बासे ,कमानसिहं दर्लामी , चिन्ताराज अधिकारी ,साबित्रा बेल्बासे,नारायण बन्जाडे,कमल ढकाल ,चन्द्रमणी बेल्बासे ,डिल बहादुर गुरुङ लगायतका नेता कार्यक्रता सहभागी भएका थिए ।

प्रकाशित : ८ मंसिर २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६