प्रदेश

बुटवलमा ध्वनि प्रदूषण गर्ने मोटरसाइकल नियन्त्रणमा



बुटवल, ०८ मंसिर । बुटवलमा मोटरसाइकलको स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने ११ वटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार स्वरूप परिवर्तन गरी स्टन्ट गर्दै ध्वनि प्रदूषणका साथै ट्राफिक नियम उल्लङ्घन गर्ने मोटरसाइकलहरु नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

चालकहरूले मोटरसाइकलको स्वरूप परिवर्तन गरी सार्वजनिक स्थान एवम् सडकहरूमा अस्वभाविक तवरबाट सवारी आवागमनमा वाधा, अस्वभाविक ध्वनि निकाली प्रदूषण गर्ने लगायतका कार्य गरेकोले नियन्त्रणमा लिइएको बुटवलका डिएसपी दानबहादुर थापाले बताए ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल र इलाका प्रहरी कार्यालय बुटवलको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थापाले बताए ।

थापाका अनुसार बुटवलको मिलन चोक, कालिका नगर, बेलबास लगायतका स्थानबाट मोटरसाइकल चालक पक्राउ परेका हुन् । चालकहरूलाई तारिकमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : ८ मंसिर २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६