प्रदेश

लोपोन्मुख समुदायलाई राज्यको मूलधारमा ल्याउने काम भइरहेको छः मन्त्री शर्मा



देउखुरी, ०८ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लोपोन्मुख समुदायलाई राज्यको मूलधारमा ल्याउने काम भइरहेको बताउनुभएको छ ।

शुक्रबार दाङको लमहीमा देउखुरी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको कसुन्डा जातिको भाषा तथा संस्कृति संरक्षण, उजागर एवम् विकासका लागि अनुसन्धानकर्ता उदयराज आलेद्वारा तयार पारिएको वृतचित्रको विमोचन गर्नुहुँदै मन्त्री शर्माले यस्तो बताउनुभएको हो ।

लोकतान्त्रिक गणतन्त्रमा सबैको अधिकार स्थापित हुने र सबै जाति समुदायलाई राज्यको मूलधारमा ल्याउने काम भइरहेको उहाँको भनाइ थियो । मन्त्री शर्माले भन्नुभयो, “हाम्रो संविधानले समानुपातिक, समावेशीको कुरा गरेको छ, कुसुन्डा भाषाको संरक्षणका लागि पनि राज्यले काम गरेको छ भाषा मर्न नदिनका लागि अभियान्ताहरुबाट पनि ठोस योजनासहित सरकारसँग आग्रह गर्नुपर्‍य ो ।”

कुसुन्डा समुदायले आफूहरुलाई एकीकृत बस्ती निर्माण गरेर राख्न आग्रह गरेपछि मन्त्री शर्माले सबै क्षेत्रका कुसुन्डा सुमुदायसँगै बस्न तयार रहने हो भने सरकारले यो काम गर्न पछि नहट्ने बताउनुभयो ।

कुसुन्डा समुदाय मात्रै नभएर लोपउन्मुख सबै जाति समुदायको संस्कृति संरक्षण र भाषालाई जोगाइ राख्नका लागि अभियान्तको पनि ठूलो सहयोग रहेको उहाँको ठहर थियो ।

मन्त्री शर्माले पछिल्लो समय विकास निर्माणको काममा निर्माण कम्पनीबाटै धोका भइरहेको प्रति असन्तुष्टि व्यक्त गर्नुभयो । ठेकेदारबाट निर्माणको काम अलपत्र पार्ने गरेको जानकारी दिनुहुँदै मन्त्री शर्माले अब निर्माण कम्पनी र ठेकेदारलाई समयमै काम सम्पन्न गर्ने काममा सक्रियता देखाउन आग्रह गर्नुभयो ।

मन्त्री शर्माले भन्नुभयो, “दाङ देउखुरीमा सडकमा समस्या देखिएको छ, काम सुरु गर्ने तर समयमै पूरा नगर्ने देखिएका कारण जनताले सास्ती भोग्नुपरेको छ, जहाँ जहाँ समस्या देखिएको छ, ती समस्याबारे सरकार जानकार छ । अब समयमै काम नगर्ने निर्माण कम्पनीसँग सरकारले सम्झौता तोडेर भए पनि काम गर्छ ।”

प्रकाशित : ८ मंसिर २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६