प्रदेश

बुद्धभूमि महोत्सवमा स्थानीय उत्पादनलाई प्रर्वद्धन गरिने



हरि घिमिरे, १० मंसिर ।

कपिलवस्तुको बुद्धभूमि संचालन हुन लागेको दास्रो बुद्धभूमि महोत्सवमा स्थानीय उत्पादनलाई जोड दिईने भएको छ । बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गेमा मङ्सिर १४ गते बाट सुरु हुने महोत्सवमा स्थानीय नागरिकहरूले उत्पादन गरेको हस्तकलाका सामाग्री,कृषि उत्पादनलाई आकर्षण बनाइने भएको छ । होटल तथा रेस्टुरेन्ट व्यवसायी सघ कपिलवस्तुद्धारा आयोजित महोत्सवको पत्रकार सम्मेलन गरि तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।

“देश निर्माणमा व्यापारको आवश्यकता, सामाजिक एकता कृषि तथा पर्यटन प्रवर्धन” भन्ने मूल नाराका साथ हुने महोत्सवले आिर्थक चलायमान सँगै यस क्षत्रको आर्थिक विकास हुने अध्यक्ष लेखनाथ घर्तीले बताउनुभयो । घर्तीका अनुसार मायाको चिनो,ब्याच लगायतका सामाग्रीहरु पनि स्थानीयहरूले निर्माण गरेको र सोही सामाग्रीले अतिथिहरूलाई सम्मान गरिने जनाउनुभयो ।


महोत्सव निर्माण स्थलमा काम भइरहेको र अहिले अन्तिम चरणमा पुगेको महासचिव पदम ढकालले बताउनुभयो । महोत्सवमा १२० वटा स्टलहरू रहने र ६० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने अपेक्षा राखिएको ढकालको भनाई रहेको छ ।
महोत्सवलाई सफल बनाउन विभिन्न उपसमितिहरू गठन गरिएको र उपसमितिले जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरेको उहाँको भनाइ रहेको छ । महोत्सवमा स्थानीय व्यवसायिहरुलाई विशेष छुट रहेकोले स्वदेशी उत्पादन नै महोत्सवको मुख्य आकर्षण बनाइने आयोजकको दाबी रहेको छ । महोत्सवमा बुद्धभुमि डान्स आइडल, नेपालका ख्याति प्राप्त गायक गायिका, हास्य कलाकार, स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ । महोत्सवमा मङ्सिर २४ गते समापन हुने छ ।

प्रकाशित : १० मंसिर २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६