प्रदेश

रामघाटमा मेला भर्नेको घुइँचो



तौलिहवा, ११ मङ्सिर । कपिलबस्तुको ऐतिहासिक र ठूलो रामघाट मेला भर्न भक्तजनको घुइँचो लागेको छ । कार्तिक शुक्ल पूर्णिमाका दिन सोमबार बाणगङ्गा नदीको रामघाटमा लाग्ने मेला भर्न आइतबार रातिदेखि नै हजारौँ भक्तजन पुग्ने गर्छन् ।

धार्मिक दृष्टिकोणले महत्वपूर्ण भएकाले टाढाबाट तीर्थालु एक दिनअघि नै आएर बस्ने गर्छन् । रामघाटमा भारतको शोहरतगढ, तुल्सीपुर, शोहरतगढ, अलीगढवा, नौगढ तथा छिमेकी जिल्ला दाङ, रुपन्देही, अर्घाखाँचीलगायतका स्थानका भक्तजन आएका थिए । भक्तजनहरु रातभर भजनकीर्तन, पूजापाठ, प्रवचन र भागवतको पाठ गरेका थिए । यो रामघाट मेला जिल्लाकै सबैभन्दा पुरानो मेला हो ।

त्रेतायगुमा भगवान राम वनवास जाने क्रममा प्यास लागेपछि पानीको अभाव पूर्ति गर्न वाण हानेर पानी निकाली स्नान गरेकाले यस क्षेत्रलाई रामघाट भन्न थालिएको धार्मिक किम्वदन्ती छ । रामले पानी खाएपछि यस स्थानको नाम रामघाट हुन गएको बुढापाकाहरु बताउँछन् । कतिपयले रामघाटमा स्नान गरी नदी छेउमा गौदान पनि गर्ने गर्दछन् । गौदान गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहेकाले धेरै भक्तजन यहाँ गौदान गर्न पनि आउने गरेको कपिलबस्तु नगरपालिका ६ का रामशब्द मिश्राले बताउनुभयो ।

प्राचीन भागीरथी र अहिले बाणगंगा नदीमा लाग्ने मेला प्राचिन र धार्मिक महत्व बाकेको भक्तजनहरु बताउँछन् । कपिलवस्तु नगरपालिका– ६ थुम्हवाबाट रामघाट आएकी राजमति भुजले यस वर्ष पनि गौ, अन्न सहीत पैसा दान गरेकी थिइन् । ‘हामीले हरेक वर्ष रामघाटमा कार्तिक पूर्णिमामा दान गर्ने गर्छौं,’ उहाँले भन्नुभयो, ूबाजे बज्यैको पाला देखिको परम्परालाई कामय राखेका छौं, जसले गर्दा हामीलाई पारिवरिक शान्ति र सुख मिलेको छ ।ू

बाणगंगाको रामाघाट, लक्ष्मणघाट, बर्गदीघाट, कजराहवा र हर्दौनामा सोमबार लागेको मेलामा ठुलो सङ्ख्यामा श्रद्धालु पुगेका छन् । मेलालाई व्यवस्थित गर्न, कुनै पनि किसिमको घटना नहोस् भनेर ठूलो सङ्ख्यामा सुरक्षाकर्मी समेत खटिएका छन् । सो अवसरमा जिल्लाको कपिलवस्तु, महाराजगंज, कृष्णनगर नगरपालिका, मायादेवी, शुद्धोधन, यशोधरा र विजयनगर गाउँपालिकाले स्थानीय बिदा दिएको हो ।

प्रकाशित : ११ मंसिर २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६