बाणगंगा, ११ मंसिर । बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनमा यही मंसिर २१ देखि पुष १ गतेसम्म आयोजना हुने महोत्सवको व्यापक तयारी भइरहेको छ । महोत्सवको निकै महत्वपूर्ण संवेदनशील पाटो प्रचार प्रसार कार्य तिब्र गतिमा अघि बढीरहेको प्रचार प्रसार संयोजक प्रबीन मल्लले बताएका छन् ।
मल्लले खासगरी स्थानीय रेडियो, टेलिभिजन, पत्रपत्रिका तथा अनलाईन माध्यमहरुले सक्रियता पुर्वक समाचार, सुचना प्रसारण वा प्रकाशन मार्फत प्रचार प्रसार अघि बढेको बताए । विशेष गरि महोत्सवको सकारात्मक सन्देश स्थानीयमा लैजानका लागि व्यवसायीहरुको हक र हितसँगै समग्र कपिलवस्तुको पर्यटन प्रवद्र्धनसँगै प्रचारप्रसार महोत्सवबाट हुने मल्लले बताए ।
मल्लले युवा स्वरोजगारको बलियो आधार, उद्योग, पर्यटन एवम् कृषि क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा प्रोत्साहन भन्ने मुल नाराका साथ १४ औँ कपिलवस्तु महोत्सव एवम् कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी– २०८० सञ्चालन गर्न लागिएकोले कृषिमा आधुनिकिकरण, बुद्धको सन्देश, घरेलु उत्पादनलाई विशेष प्राथमिकता, स्थानीय कला, संस्कृति, पर्यटन प्रवद्र्धन, विभिन्न जातजाति भाषा, धर्म, संस्कृतिहरुका पहिचान भल्काउने विभिन्न खालका बिषयहरुलाई प्रचार प्रसारमा जोड दिएका दिएको बताए ।
यस पटकको १४ औं कपिलवस्तु महोत्सवमा १४ औं कफिलवस्तु महोत्सवका १२ औैं कपिलवस्तु डान्स आइडल, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती, स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योगको प्रदर्शनी, मुक्तिनाथ मन्दिरको गेट र भिडियो जोन, आइटी तथा अटो क्षेत्रको प्रदर्शनी विभिन्न झाँकी प्रदर्शनीलगायतका विभिन्न आकर्षकहरु महोत्सवका रहेका छन् ।
यसैबीच यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्न कपिलस्तु महोत्सवले र कला संस्कृति प्रवद्र्धनमा कपिलवस्तु डान्स आइडलले विशेष योगदान गर्दै आएको छ । बाणगंगा वेयलफेर सोसाइटी बाणगंगाको चर्चित र पुरानो सामाजिक कार्यमा सक्रिय क्लबको रुपमा चिनिन्छ ।








प्रतिक्रिया