प्रदेश

गुल्मीमा बालिकाको बलात्कारपछि हत्या आरोपमा पुर्पक्षका लागि एक युवक जेल चलान



गुल्मी, १२ मंसिर ।

गुल्मीको चन्द्रकोट गाउँपालिकामा बलात्कारपछि बालिकाको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका रहिस खाँ पुर्पक्षका लागि जेल चलान भएका छन् ।

चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरकी १५ बर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा बाँके खजुरा गाउँपालिका–७ का २३ वर्षीय खाँ पक्राउ परेका थिए ।

गएको कात्तिक १७ गते शान्तिपुर घर नजिकैको हुँग्दीखोलामा बालिकाको शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख नविनकिशोर प्रधानसहितको टोली अनुसन्धानपछि खाँलाई पक्राउ गरेको थियो । उनलाई आवश्यक अनुसन्धानपछि जिल्ला अदालतमा पेस गरिएको थियो ।

अदालतले खाँलाई हिजो पुर्पक्षका लागि जिल्ला कारागार गुल्मी चलान गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

प्रकाशित : १२ मंसिर २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६