खोज–अनुसन्धान

नेकपा एसका केन्द्रीय सदस्य र जिल्ला अध्यक्षसहित सबै एमालेमा समाहित




बैतडी १४ मंसिर । नेकपा एकीकृत समाजवादी बैतडीमा रित्तिएको छ । नेकपा एमालेले आजबाट सुरुगरेको झुलाघाट– चिवाभन्ज्याङ अभियानको क्रममा आज आयोजित सभामा नेकपा एसका केन्द्रीयसदस्य, जिल्ला अध्यक्षसहित सवै नेता–कार्यकर्ता एमालेमा समाहित हुनुभएको हो ।एमालेले सुरू गरेको झुलाघाट–चिवाभञ्ज्याङ पदयात्राको उद्घाटनपछि बैतडी सदरमुकामगोठलापानीमा आयोजना आमसभामा नेकपा एसका केन्द्रीय सदस्य एवं बैतडी इन्चार्ज नरेन्द्र विष्ट, जिल्ला अध्यक्ष महादेव भट्ट, नेत्री पार्वती भट्ट र चमनकुमार भण्डारीसहितका नेता एमालेमा फर्किनुभयो।

यस्तै २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट पाटन नगरपालिकाको उपमेयरमानिर्वाचित नेपाली काग्रेंस महाधिवेशन प्रतिनिधि सरस्वती कोली र नेपाल दलित संघको अध्यक्षरहिसकेका रमेश कोली पनि एमालेमा प्रवेश गर्नुभयो । पार्टीमा भित्रिएका नेता–कार्यकर्तालाई एमाले अध्यक्ष केपी ओलीले टीका लगाएर स्वागत गर्नुभयो ।आजको पार्टी प्रबेशसंगै माधव नेपालको नेकपा एस बैतड़ीमा रित्तिएको छ ।

प्रकाशित : १४ मंसिर २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६