देश

राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक



काठमाडौंं, १५ मंसिर । निर्वाचन आयोगले वैशाख ११ गते हुने राष्ट्रियसभा निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै कार्यतालिका स्वीकृत गरेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्वीकृत कार्यसूची अनुसार यही महिनाको २२ गते हुने निर्वाचनमा सहभागी हुन राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशित गरी यही महिनाको २४ गतेदेखि २९ गतेसम्म राजनीतिक दल दर्ता गर्ने कार्यक्रम रहेको छ । ‘

राजनीतिक दल दर्ता भएपश्चात पुस १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गर्ने र पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगले जनाएको छ ।

स्वीकृत कार्यसूची अनुसार १६ गते निर्वाचन अधिकृत नियुक्ति र सोही दिन प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको छ । आयोगले २० देखि २९ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन गर्ने कार्यतालिकामा राखेको छ । माघ ११ गते बिहान ९ः०० बजेदेखि अपरान्ह्न ३ः०० बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।

प्रकाशित : १५ मंसिर २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६