अर्थ-वाणिज्य

अपाङगता क्षेत्रमा राज्यले ठोस नितिगत योजना बनाउनु पर्छ :शर्मा




कपिलवस्तु १६ मंसिर ।अपांग उत्थान समाज कपिलवस्तुको आयोजनामा ३१ औ अन्तरराष्ट्रिय अपांगता दिवस कपिलवस्तुको वाणगंगा जितपुर शहरमा भव्यताका साथ मनाइएको छ । चोकमा दिप प्रज्जवलन गरि कार्यक्रम गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय अपांग महासंघका निर्वतमान अध्यक्ष मित्रलाल शर्माले अपांगहरुलाई क्षमता अनुसारको अवसरको आवश्यकता भएको औल्याउनु भयो ।
अपांगता भएका व्यक्तिहरुको लागि राज्यले नितिगत रुपमा ठोस योजना बनाउनु पर्नेमा अध्यक्ष शर्माले जोड दिनु भयो । कार्यक्रममा अपांग महासंघका लुम्विनी प्रदेश अध्यक्ष होमराज अधिकारीले अपांगता भएकाहरुलाई दयाको पात्र नबनाइ अवसर र रोजगारी दिनु पर्ने बताउनु भयो । अपांग उत्थान समाज कपिलवस्तुका अध्यक्ष कमल ढुंगानाको अध्यक्षता , लुम्विनी प्रदेश सभिव सन्तोष पन्थीको सञ्चालनमा कार्यक्रम भएको हो ।

प्रकाशित : १६ मंसिर २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६