खोज–अनुसन्धान

लुम्बिनी प्रदेशमा पार्टी बलियो बनाउन कुरा कम , काम धैरै गरौं : शेरबहादुर देउवा



कपिलवस्तु १६ मंसिर।नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बुद्ध जन्मस्थल लुम्बिनी प्रदेशबाट पार्टी बलियो बनाउने उद्घोष गरेका छन्।नेपाली काँग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलनको उद्घाटन समारोहअघि नेताहरूले पार्टीभित्र गुटबन्दी अन्त्य गर्नुपर्ने, प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने धारणा राखेको विषयमा इङ्गित गर्दै देउवाले आफू भाषण गर्न नजाने भन्दै काम गरेर देखाउने बताए।
‘कम बोल्ने काम बढी गर्नेछु, हरौँ के हुन्छ’, देउवाले भने। उनले गौतमबुद्ध जन्मेको भूमिबाट काँग्रेस बलियो बनाउने विश्वास लिएको बताउँदै आफू मिलेर काम गर्न तयार रहेको स्पष्ट पारे। कार्यक्रममै केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले टिकट वितरणमा गुटबन्दी भएको बताएकोमा कटाक्ष गर्दै देउवाले भाषणभन्दा काम गर्न आग्रह गरे।महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेता शेखर कोइरालालाई समय नदिएर सभापति देउवाले कम्तीमा पनि आधा घण्टा बोल्ने अपेक्षासहित चाँडै समय दिए पनि उनले ५ मिनेटमै मन्तव्य सकाए। देउवाले एयरपोर्ट पुग्नुपर्ने भएको भन्दै प्रदेश सम्मेलनको सफलताको शुभकामना भनेर मन्तव्य छोट्याएका थिए।

प्रकाशित : १६ मंसिर २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६