खोज–अनुसन्धान

शिर्ष नेताहरूलाई गाली गर्नु मेरो गल्ती हो ,अब नेतालाई गाली गर्न बन्द गरौं : भुसाल



रुपन्देही १७ मंसिर ।नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेताहरुलाई गाली गर्ने काम बन्द गर्न आग्रह गरेका छन्।शनिवार काठमाडौंमा आयोजित विचार गोष्ठीमा बोल्दै उनले मुलुकको राजनीति नेताहरुले बिगारेको भएपनि नयाँ पुस्ताले उनीहरुलाई गाली गरेर आफ्नो औचित्य पुष्टि गर्न नसक्ने बताएका हुन्।शिर्ष नेताहरूलाई गाली गर्नु मेरो गल्ती हो ,अब नेतालाई गाली गर्न बन्द गरौं उनले आफ्नो गल्ती स्वीकार गरेका छन।

‘इतिहासमा यी नेताहरुलाई गाली गरेर कुने जेनेरेसनले आफ्नो पिढीको औचित्य पुष्टि गर्न सक्दैन। अब नेतालाई गाली गर्ने समय पनि सकियो होला। यो गाली मात्रै गर्दाखेरी त हाम्रो जिन्दगी गाली गरेर मात्रै जाने भयो। त्यसो हुनाले यो च्याप्टर क्लोज गरिदिऊँ,’ उनले भने।
उनले देश र राजनीति बिग्रनुमा नेताहरूको भूमिका रहेको भने स्वीकार गरे।
‘राजनीति हामीले नै बिगार्‍यौं। माथि गएकाले बिगार्‍यौं। यो क्रान्तिको झण्डा पपुलिष्टहरुलाई लगेर बुझाएको हामीहरु ले नै हो, हाम्रा नेताहरुले नै हो,’ उनले भने।
महासचिव भुसालले मार्क्सवादको झण्डा नेताहरुले पपुलिष्टहरुलाई लगेर बुझाएकाले समाजवाद निर्माणका लागि फेरि मार्क्सवाद पद्धतिमै फर्कनुको विकल्प नभएको बताए।(न्युज एजेन्सी नेपालबाट

प्रकाशित : १७ मंसिर २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६