प्रदेश

लुम्बिनीमा फागुनमा शिखर सम्मेलन



लुम्बिनी, १७ मंसिर ।

लुम्बिनी प्रदेश सरकारको आयोजनामा आगामी फागुन २७, २८ र २९ गते बुद्धजन्मस्थल लुम्बिनीमा चौथो शिखर सम्मेलन हुने भएको छ। बालबालिका, विकास र शान्तिका लागि लौरियटस एन्ड लिडर्स चौथौ शिखर सम्मेलन आयोजना गर्न लागिएको हो।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको अगुवाइमा सम्मेलनका लागि आवश्यक तयारी सुरु भएको छ।

बालबालिकाको हित, दिगो विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रवर्धन गर्न, बुद्धजन्मस्थल लुम्बिनीको शान्ति र करुणाको सन्देश विश्वभर फैलाउन एवम् अन्तर्राष्ट्रिय स्तरमा लुम्बिनी क्षेत्रका पर्यटकीय स्थलको प्रवर्धनमा टेवा पुर्‍याउने उद्देश्यले सम्मेलन गर्न लागिएको लुम्बिनी सरकारले जनाएको छ।

सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट र वार्षिक नीति तथा कार्यक्रममा सम्मेलनलाई समेटेको छ। नोबेल शान्ति पुरस्कार विजेताहरूसहित, बालबालिका र शान्तिका क्षेत्रका विज्ञ, सरोकारवाला, सरकारी र गैरसरकारी अधिकारी गरी तीन सयभन्दा बढी व्यक्ति सम्मेलनमा सहभागी हुनेछन्।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले विश्वका शान्ति नोबेल पुरस्कार विजेताहरूलाई बुद्धजन्मस्थल लुम्बिनीमा ल्याउने भएकाले सम्मेलनलाई आफ्नै कार्यक्रमका रूपमा सहयोग गर्ने नीति लिएको बताए। उनले विश्वभरका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा लुम्बिनीमा हुने यो कार्यक्रमले बुद्धजन्मस्थल लुम्बिनीको विश्वमाझ प्रचार हुने बताए। प्रदेश सरकार आयोजक भए पनि यसमा लुम्बिनी विकास कोषले आफ्नै कार्यक्रमका रूपमा आवश्यक सहयोग र समन्वय गर्ने कोषाध्यक्ष भट्टराईले बताए।

निजी क्षेत्रका पर्यटन व्यवसायीले समेत बुद्धजन्मस्थलमा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन हुने कुराले उत्साही बनाएको बताएका छन्। लुम्बिनी होटल व्यवसायी संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले नोबेल शान्ति पुरस्कार विजेता, विभिन्न देशका उच्चस्तरीय व्यक्तिहरुको उपस्थिति हुने भएकाले यसले लुम्बिनीको पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरका पाहुनालाई अराख्न सक्ने गरी होटलका पूर्वाधार बनेकाले सम्मेलनमा सहभागीहरुलाई र कुनै कमी हुन नदिने बताए।

प्रकाशित : १७ मंसिर २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६