अर्थ-वाणिज्य

पहाडलाई समृद्ध पार्ने संकल्प यात्राले जनतामा उत्साह :नेता थापा



गुल्मी १७ मंसिर ।नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले समृद्धिको यात्राले जनतामा थप उत्साह पैदा भएको बताउनुभएको छ । नेकपा एमाले गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा मङ्सिर १४ गतेदेखि एमालेले सुरु गरेको समृद्धिका लागि सङ्कल्प यात्रा सहित मध्यपहाडि राजमार्ग यात्राले जनतामा थप उत्साह पैदा भएको उहाँको दावी छ ।
बैतडीको झुँलाघाटदेखि पाँचथरको चिवाभन्ज्याङसम्मको यात्रामा जनताका गुनासा, सल्लाहा सुझावले पार्टीलाई थप बलियो बनाउने समेत उहाँले बताउनुभयो ।

यस समयमा मध्यपहाडी लोक मार्गको अवस्था र आगामी दिनमा एमालेले गर्नुपर्ने कार्यहरु लाई समेत मार्ग निर्देशन गर्ने उहाँको भनाइ छ । नेकपा एमाले जनताका सुख दुःखमा साथमा रहेको दावी गर्दै थापाले जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावितमा खटिएको स्वयम्सेवकको टोलीले समेत पुष्टि गरेको उहाँले जानकारी दिनुभयो।यस्तै, यहि २० गते गुल्मीको वामीमा हुने विशाल आम सभाको सम्पूर्ण तयारी पूरा भएको एमाले गुल्मीले जनाएको छ । केन्द्रिय अध्यक्ष सहितका नेताहरुले सो सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले गुल्मीका अध्यक्ष बालसिंह काउछाले जानकारी दिनुभयो । सो सभामा १० हजार बढी कार्यकर्ता उतार्ने गरी एमालेले तयारी गरेको काउछाले बताउनुभयो ।

प्रकाशित : १७ मंसिर २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६