अर्थ-वाणिज्य

दिदी बहिनीको पौरख:सुपथ मूल्य मै भूकम्प प्रतिरोधी उद्योग



बुटवल १७ मंसिर। बुटवलका तीन जना दिदीबहिनी मिलेर करिब पाँच करोड लगानीमा नयाँ शैलीको सुरक्षित र हलुका घर निर्माण गर्ने उद्योग स्थापना गरेका छन् । रुपन्देहीको कञ्चन गाउँपालिका १ स्थित लौसामा आइटी स्टिल स्ट्रक्चर सलुसन उद्योग स्थापना गरेर स्टिलको बनोटमा आधारित घर निर्माण सुरु गरिएको हो ।तीन दिदीबहिनी सोनाली गुरुङ, सृष्टि गुरुङ र शिल्पी गुरुङले आइटी स्टिल स्टक्चर सोलुसन प्रालि उद्योगमार्फत भूकम्प प्रतिरोधी स्टिल बनोटमा आधारित घर निर्माणको अवधारण ल्याएका हुन्।
उद्योगमा स्टिलका संरचनाका लागि आवश्यक पर्ने सम्पूर्ण स्टिलका सामग्रीहरू उत्पादन गरिने र त्यसको फिटिङ्समेत गरिने प्रालिका प्रबन्ध निर्देशक सोनाली गुरुङले जानकारी दिनुभयो । गुरुङले इट्टा, ढुङ्गा, छड, सिमेन्टको विकल्पमा स्टिल स्टक्चरका घरहरू राम्रो विकल्पका रूपमा किफायती र मजबुत बन्न सक्ने उहाँले बताउनुभयो ।प्रालिकी प्रविधि निर्देशक सृष्टि गुरुङले स्टिलका सामग्रीबाट निर्माण गरिएका संरचना वातावरण अनुकूल, भूकम्प प्रतिरोधक, खिया र अग्नि प्रतिरोधक बलियो र भरपर्दो रहेको बताउनुभयो ।
२०७२ सालको भूकम्पबाट धेरै जनाले ज्यान गुमाएपछि आफूहरूले हलुका प्रकारको स्टिल स्ट्रक्चर घरको योजना ल्याएर उद्योग स्थापना गरेको गुरुङले बताउनुभयो । उद्योगमा हाल १४ जनाले रोजगारी पाएका छन् ।नेपालमा प्राकृतिक प्रकोपको जोखिम बढी भएकाले लाइट गेजको प्रयोग राम्रो हुने प्रालिको भनाइ छ । नेपालका धेरै नै भूकम्प जाने भएकाले भूकम्प प्रतिरोधी र भूकम्प भएका बेलामा कम क्षति हुने, मानवीय क्षति कम हुने भएकाले पनि नेपालमा यसको विकल्प नभएको बजार निर्देशक शिल्पी गुरुङले बताउनुभयो ।

प्रकाशित : १७ मंसिर २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६