अन्तर्राष्ट्रिय

दशगजा स्थित सीमा स्तम्भको मर्मत सम्भार र रंगरोगन



कपिलवस्तु, १७ मंसिर ।सशस्त्र प्रहरी बलले नेपाल–भारत सीमा स्तम्भहरुको मर्मत सम्भार र रंगरोगन कार्यको सुरुवात गरेको छ । सशस्त्र प्रहरीले कपिलवस्तुको नेपाल–भारत सिमा (दशगजा) क्षेत्र कृष्णनगरबाट सिमा स्तम्भहरुको मर्मत सम्भार र रंगरोगन कार्यको सुरुवात गरिएको जनाएको छ ।सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्याबासिनी बाहिनी मुख्यालय लुम्बिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक अभि कुमार खत्रीले कृष्णनगर नगरपालिका–२ भन्सारको लिङ्कगेट स्थित दशगजामा ५६७÷१ नम्बरको सिमा स्तम्भमा मर्मत र रंगरोगन गरि शुभारम्भ गरेका हुन् ।
सशस्त्र प्रहरी नायब महानिरीक्षक अभि कुमार खत्रीले लुम्बिनी प्रदेशमा सिमासँग जोडिएका ५ सय ६ सिमा स्तम्भहरुको मर्मत सम्भार र रंगरोगन कार्य गरिने जनाए । उनले सशस्त्र प्रहरीले बिजोर सीमा स्तम्भको मर्मत सम्भार र रंगरोगन गर्ने सम्पूर्ण जिम्मेवारी पाएको बताउँदै त्यही अनुसार सिमा स्तम्भहरुको मर्मत सम्भार र रंगरोगन कार्य सम्बन्धित जिल्लाका सशस्त्र प्रहरीले नै गर्ने बताए । मर्मत तथा निर्माण भएका सीमा स्तम्भहरुमध्ये जोर नम्बरको सीमा स्तम्भ समकक्षी भारतीय सशस्त्र सीमा बल र बिजोर नम्बरको सीमा स्तम्भ सशस्त्र प्रहरी बलले मर्मत गर्ने खत्रीको भनाई छ । सिमा स्तम्भहरुको कार्य भइरहँदा स्थानीयको सहयोग र सद्भावको आवश्यक परेको समयमा सबैले उपस्थिति जनाउन उनले आग्रहसमेत गर
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण हेडक्वाटर कपिलवस्तुका सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीले कपिलवस्तुसँग जोडिएको नेपाल–भारत सीमामा कुल ५ सय ३१ सीमा स्तम्भ रहेको बताए । उनले जसमध्ये कपिलवस्तु जिल्लामा २ सय ७७ ओटा सिमा स्तम्भहरुको मर्मत सम्भार तथा रंगरोगन कार्य सुरु गरिएको जनाए । सशस्त्र प्रहरीले सिमा स्तम्भ मर्मतसम्भार र रंगरोगन कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै जाने केसीको भनाई छ ।यस्तै कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले सशस्त्र प्रहरीले सिमा स्तम्भहरुको मर्मत कार्य गरिरहँदा आफुले सक्दो सहयोग गर्ने बताए । उनले सशस्त्र प्रहरीसँगै हातेमालो गर्दै नगरपालिकाले अगाडी बढ्ने कुरामा जोड दिए ।

प्रकाशित : १७ मंसिर २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६