ब्रेकिंग न्युज

फुलबारी सामुदायिक वनमा वृक्षरोपण र झाडि सरसफाई काम सुरु



पशुपति गिरी ।
कपिलवस्तु, १८ मंसिर । कपिलवस्तुको वाणगङ्गा नगरपालिका वडा नं.७मा रहेको फुलबारी सामुदायीक वनमा अहिले प्रशस्त बिरुवा रोपिएको र झाडि फाँडेर सरसफाइ गरेको देख्न सकिन्छ । वर्षेनी रूख काटिरहने तर काटिए जति बिरुवा नरोप्ने प्रचलनले वन क्षेत्र मासिदै गैरहेको समयमा फुलबारी सामुदायिक वनमा भने खाली ठाउँमा प्रशस्त बिरुवा रोपिएको हो । त्यति मात्र हैन वनमा अनावश्यक झाडि फाँडेर सरसफाइ समेत गरिएको छ ।

यस वनले पछिल्लो समय वन व्यवस्थापनको लागि विभिन्न उत्कृष्ट कार्य गर्दै आइरहेको छ । अतिक्रमणका कारण विश्व बाटै सङ्कुचित बन्दै गैरहेको वन क्षेत्रलाई वृद्धि गर्न यस्ता कार्य गर्दै आइरहेको वनका अध्यक्ष जयलाल गिरीले बताए।

उनले आफू अध्यक्ष भएर आएदेखि वनलाई व्यवस्थित बनाउन आफू र सिङ्गो टिम लगातार खटिरहेको बताए । अध्यक्ष गिरीले भने, “हाम्रो वनमा साधन स्रोत प्रशस्त छ, यसको सही सदुपयोग गर्नेमा हामी सचेत छौँ । वनको सही व्यवस्थापन गर्न हामिले अहिले वृक्षरोपण र झाडि सरसफाइ लाई तिव्र रुपमा अगाडि बढाई रहेका छौँ ।”

अहिले वनमा साल, सिसौ, खयर, अमला लगायत विभिन्न प्रकारका काठ र फलफूल जन्य बिरुवाहरू समेत लगाएको बताए । लगाएका बिरुवाको संरक्षण र संवर्द्धन गर्न पनि आफूहरूले विभिन्न योजनाका साथ काम गरिरहेको बताए ।

प्रकाशित : १८ मंसिर २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६