अन्तर्राष्ट्रिय

स्टुडेण्ट भिषामा १२ लाख खर्चेर रुस गएका थिए मृतक कार्की



कपिलवस्तु १९मंसिर । रुसको सेनामा भर्ना भएर यूद्धमा मारिएका वाणगंगा १ का रुपक कार्की स्टुढेण्ट भिषामा १२ लाख खर्चेर रुस गएका थिए र्। पाल्पा मुझुङ्गबाट २०४८ सालमा बसाई सरेर कपिलवस्तु बाणगंगा १ मन्द्रेली टोलमा आएका मान बहादुर कार्किको उनी एकमात्र छोरा थिए । वर्ष २४का कार्की कक्षा १ं२ पढेर २०७९ जेठमा काठमाडौ बागबजारको ड्रीम इन्टरनेसनल कन्सल्टेन्सीबाट विद्यार्थी भिसामा रुस गएका थिए । उनले शुरुमा होटेलमा काम गर्दै आएका थिए ।

उनी गत २०८० जेठमा मात्र रुसी सेनामा भर्ना भएर १ महिना तालिम पछि युक्रेन लडाइँमा गएकोमा उहीँ दुस्खद मृत्यु भएको थियो । यसै बीच लुम्विनी प्रदेश सांसद विष्णु पन्थीले कृतक कार्कीका घर मै पुगेर परिवारसंग भेटघाट गर्दै रुपक प्रति भावपुर् श्रन्द्वाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेको भन्दै सामाजिक मिडियामा पोष्ट गर्नु भएको छ । मृतकको सब छिटो नेपाल ल्याउन आवस्यक प्रक्रिया गर्न तथा क्षतिपूर्ति र राहतका लागि नेपाल सरकार संग पहल गर्ने उहाले प्रतिवद्धता जनाउनु भएको छ

प्रकाशित : १९ मंसिर २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६