अन्तर्राष्ट्रिय

नेपाली युवकलाई रुसी सेनामा पठाउने गिरोहका १२ जना पक्राउ



कपिलवस्तु २० मंसिर ।  नेपाली युवकलाई रुसी सेनामा पठाउने गिरोहका १२ जना पक्राउ परेका छन्।उनीहरूमध्ये ११ जना मंसीर १४ गते र एक जना सोमबार (१८ गते) पक्राउ परेका काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले बताए।उनीहरुविरुद्ध प्रहरीले अनुसन्धानका लागि म्याद थपसमेत गरिसकेको छ।एसपी ढुंगेलका अनुसार मंसीर १३ गते दिपेन परियार, क्षितिज गिरी, शुभास लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता रावल, सन्तोष रोका र सन्तोष नेपाल पक्राउ परेका थिए भने हिजो ९सोमबार० द्रोण डाँगी पक्राउ परेका हुन्।

युक्रेनसँग जारी युद्ध लड्न रसियन सेनामा भर्ती भएका ६ जना नेपालीले ज्यान गुमाइसकेका छन् भने एक नेपाली बन्धक रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्रले हालै सार्वजनिक गरेको सूचीअनुसार गोरखाका सन्दीप थपलिया, पुतलीबजार–५, स्याङ्जाका पितम कार्की, मेला–६, दोलखाका राजकुमार रोका, इलाम–५, इलामका गंगाराज मोक्तान, वाणगंगा–१, कपिलवस्तुका रूपक कार्की र पोखरा, कास्कीका देवान राई रुस–युक्रेन युद्धका क्रममा मारिएका हुन्।सरकारले रुसलाई कूटनीतिक नोट पठाउँदै नेपाली नागरिकलाई सेनामा भर्ना नगर्न र भर्ती भइसकेकालाई पनि तत्काल नेपाल पठाउन अनुरोध गरेको छ।

प्रकाशित : २० मंसिर २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६