प्रदेश

१४ औं कपिलवस्तु महोत्सव ऐतिहासिक, सभ्य र भव्य समुद्घाटन भण्डारीले गर्ने



कपिलवस्तु, २० मंसिर । भोली बिहीबार २१ गते देखि सुरु भएर पुष १ गतेसम्म आयोजना हुने १४ औं कपिलवस्तु महोत्सव ऐतिहासिक, सभ्य र भव्य हुने बाणगंगा वेयलफेयर सोसाइटीका अध्यक्ष एवम् महोत्सव मूल समारोह समितिका संयोजक राजकुमार खाँणले बताएका छन् ।

७ औं कपिलवस्तु महोत्सव, ९ औं, ११ औं गरी तीन वटा महोत्सवको सफल नेतृत्व गरेका खाँणले चौथो पटक चौधौ संस्करणको १४ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी–२०८० को नेतृत्व गरेका छन् । महोत्सव तयारी अन्तिम चरणमा रहेको र महोत्सवको बिहीबार दिउँसो १ः०० बजे एक विशेष कार्यक्रमका बीच माननीय चन्द्र भण्डारीले गर्ने खाँणले बताए ।

कपिलवस्तु जिल्लालाई विशिष्ट पहिचान दिलाउन सफल र वि।सं। २०६५ बाट शुभारम्भ भएको कपिलवस्तु महोत्सवले १५ वर्ष पूरा गरेको छ । युवा स्वरोजगारको बलियो आधार उद्योग पर्यटन र कृर्षि क्षेत्रको प्रचार – प्रसार प्रर्वद्धनमा प्रोत्साहन” भन्ने मूल नाराका साथ सुरु हुने १४ औं कपिलवस्तु महोत्सवलाई कपिलवस्तु जिल्लाको विशेष चाडको रुपमा हेरिएको महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाहा ९दिनेश०ले बताए ।

तीन वटा बुद्धसँग नाम जोडिएको कपिलवस्तुमा आयोजना हुने मेला महोत्सवहरुले जिल्लाको विकासका साथै कपिलवस्तुको दरिलो पहिचान बनाएका छन् । मंसिर २१ बाट सुरु हुने महोत्सव पुष १ गतेसम्म चल्ने र महोत्सवमा करिब ५ करोड कारोबार हुने र ढाइ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने आर्थिक तथा लेखा संयोजक मोहन पाण्डेले बताए ।

विगतका महोत्सवको अनुभवबाट शिथिल बनेको यस क्षेत्रको अर्थतन्त्र चलायमान हुने भएकाले पनि विगतका महोत्सवमा भन्दा आर्थिक कारोबार बढी हुने आयोजकले अपेक्षा गरेका छन् । महोत्सवबाट सकंलन भएको बचत रकमबाट सामाजिक कार्यमा खर्च गरिने आयोजकले बताएका छन् ।

१४ औं कपिलवस्तु महोत्सव कपिलवस्तु वासीको पर्वका साथै जिल्लाको चिनारी पनि भएकोले महोत्सवको अवलोकन गरी सल्लाह र सुझाव दिन संघका पूर्व अध्यक्ष एवम् अनुगमन तथा मूल्याङ्कन समिति संयोजक पदम सेनले विशेष आग्रह गरेका छन् ।
जिल्लामा हालसम्म भएका महोत्सवहरुमा जिल्लाबासी एक जुट भएर लागेको इतिहास बाणगंगा वासीले बनाएका छन् ।

यस्तो छ महोत्सवको इतिहास र महोत्सव हाक्ने सारथीहरु

वि।सं। २०६५ बाट सुरु भएको कपिलवस्तु महोत्सवको पहिलो संयोजकको रुपमा स्थानीय समाजसेवी स्व। शंकर प्रसाद आचार्य रहेका थिए तर दुःखद् आचार्य हामी माझ १४ औं कपिलवस्तु महोत्सवमा हुने छैनन । त्यसैगरी दोस्रो महोत्सव संयोजकमा तत्कालिन कपिलवस्तु व्यापार संघका अध्यक्ष विष्णु प्रसाद न्यौपानेले रहेका थिए ।

तेस्रो महोत्सव संयोजक यस क्षेत्रका चर्चित समाजसेवी स्व। शेरबहादुर क्षेत्रीले गरेका थिए । चौथो महोत्सव पनि व्यापार संघले आयोजना गरेको थियो जसको संयोजक देवी पाण्डेले गरेका थिए । पाँचौ महोत्सव भने युवाहरुको काँधमा रहेको थियो जसमा संयोजक बाणगंगा वेयलफेयरका पूर्व अध्यक्ष पदम सेनले गरेका थिए । छैठौ र आठौं महोत्सव संयोजक कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञ प्रसाद भट्टराईले गरेका थिए ।

सातौ, नवौं र एघारौ महोत्सव बाणगंगा वेयलफेयरका अध्यक्ष राजकुमार खाँणले हाकेका थिए र १४ औं महोत्सवलाई पनि खाँणले नै हाक्दै छन् । १० औं कपिलवस्तु महोत्सवको नेतृत्व विशेष पहिचानका साथ उद्योग वाणिज्य संघका अध्यक्ष समाजसेवी उमानाथ पौडेलले गरेका थिए ।

वि.सं. २०७७ मा लाग्ने महोत्सवका कोरोनाका कारण स्थगित हुन पुगेको थियो । १२ औं कपिलवस्तु महोत्सव र १३ औं कपिलवस्तु महोत्सवको नेतृत्व कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले गरेका थिए ।

कपिलवस्तु जिल्लाको ऐतिहासिक तथा धार्मिक विकास, उद्योग व्यवसायको प्रवद्र्धनका लागि महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

१४ औं कपिलवस्तु महोत्सवको सबैका प्रिय माननीय चन्द्र भण्डारीले गर्ने भएलगत्तै सुरक्षा व्यवस्था समेत मजबुध बनाएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपालजंग रायमाझीले बताए ।

महोत्सवमा स्थानीय उत्पादन र उद्योग तथा बजारलाई प्रमुख ग्रहयता दिएको स्टल संयोजक मिन थापाले बताए । महोत्सव युवा बुढापाका पुस्ता र बाल बच्चा सवैको मन जित्ने र चाख लाग्दो रहेको आयोजकको दावी छ ।

टिकट व्यवस्थापन संयोजक प्रताप सेनले ७० वर्ष पुगेका जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुलाई निःशुल्क प्रवेश दिइने बताए । सेनले महोत्सवमा प्रवेशका लागि जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुले नेपाल सरकारको परिचय पत्र देखाएर महोत्सव स्थलमा प्रवेश पाउने बताए ।

धेरै भन्दा धेरै दर्शक भित्राउने र महोत्सव अवलोकन कर्ताहरुलाई थोरै भए पनि राहत होस भन्ने उद्देश्यले यो पटक महोत्सव प्रवेश शुल्क रु ७०।– बाट घटाएर रु। ६०।– मात्र र विद्यार्थीका लागि रु ५०।– बाट घटाएर रु ४० गराइको र विद्यार्थीलाई टिकटका लागि अनिवार्य परिचय पत्र देखाउने पर्ने आयोजकले जनाएका छन् ।

१४ औं कपिलवस्तु महोत्सवमा १२ औैं कपिलवस्तु डान्स आइडल, चर्चित अन्तर्राष्ट्रिय खेलाडीको रेसलिङ प्रतियोगिता, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती, स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योगको प्रदर्शनी, मुक्तिनाथ मन्दिरको गेट र भिडियो जोन, वक्तृत्वकला प्रतियोगिता, आइटी तथा अटो क्षेत्रको प्रदर्शनी, बाल उद्यान, लुम्बिनीमा रहेको शान्ति दीप, विभिन्न झाँकी प्रदर्शनी तथा अन्य आकर्षकहरु महोत्सवका प्रमुख आकर्षकहरु हुन ।

यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्न कपिलस्तु महोत्सवले र कला संस्कृति प्रवद्र्धनमा कपिलवस्तु डान्स आइडलले विशेष योगदान गर्दै आएको छ । बाणगंगा वेयलफेर सोसाइटी बाणगंगाको चर्चित र पुरानो सामाजिक कार्यमा क्रियाशील क्लबको रुपमा आफ्नो छुट्टै छवि बनाएको छ ।

भोली बिहीबार महोत्सव उद्घाटन हुने कार्यक्रम रहेकाले सबैको सहभागिता होस् भन्ने उद्देश्यले निःशुल्क प्रवेश दिईने वेयलफेयर सोसाइटीले जनाएको छ । जिल्लाका अन्य स्थानमा हुने महोत्सव भन्दा बाणगंगामा हुने महोत्सवलाई जिल्लामै विशेष रुपमा लिने गरिन्छ ।

प्रकाशित : २० मंसिर २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६