अर्थ-वाणिज्य

प्रदेशका मुख्यमन्त्री र सभामुख बीच बुटवलमा भेट किन ?



बुटवल २२ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र सभामुख तुलाराम घर्ती मगर बीच आज भेटबार्ता भएको छ । आज बुटवलमा भएको भेटबार्तामा हिउदे अधिबेशन आव्हान, प्रदेश सभाको विषयगत समितीको सभापति चयन, सरकार बिस्तार लगायतको विषयमा छलफल भएको सभामुखको स्वकीय सचिवालयले जनाएको छ । झन्डै एक १घण्टा भएको छलफल भेटमा सरकार र सभाका काम कार्बाहीलाई प्रभावकारी रुपमा लैजान एक आपसमा समन्वय आवस्यकता पर्नेमा मुख्यमन्त्री र सभामुखले जोड दिनु भएको थियो ।

प्रदेश सभाको काम कार्बाहीलाई प्रभावकारी बनाउन सभामा प्रतिनिधित्व गर्ने दलहरुबीच सहकार्य र सरकार गठबन्धनको बिषयमा पनि छलफल भएको बताएको छ । मुख्यमन्त्री र सभामुख बिच सरकार र प्रदेश सभा संचालनको सन्दर्भमा नियमित रुपमा छलफल भए पनि राजधानी देउखुरी उपत्यका सरेपछि बुटवलमा भएको भेटघाट सम्भवतहःपहिलो पटक हो । दुबैजना कार्यक्रमको सिलसिलामा रुपन्देही आउनु भएको थियो ।

प्रकाशित : २२ मंसिर २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६