अर्थ-वाणिज्य

महोत्सवको दोस्रो दिन रेस्लिङले थप्यो आकर्षण




पार्वती पाण्डे
कपिलवस्तु २२ मंसिर ।१४ औँ कपिलवस्तु महोत्सवको दोस्रो दिन रेस्लिङले आकर्षण थपेको छ । रेस्लिङमा दर्शकहरुको भिड लागेको थियो । शुक्रवार करिव ४ हजार दर्शकहरुले अवलोकन गरेका छन । बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा चारनम्बरको बुद्ध रङ्गसालामा विहिवारदेखि सुरु भएको महोत्सवको दोस्रो दिन उक्त सङ्ख्यामा दर्शकहरुको उपस्थिती रहेको महोत्सव संयोजक राज कुमार खाँणले वुद्धदर्पणलाई बताउनुभयो ।शुक्रवार गाय गायिकाहरु अनु चौधरी, प्रिन्स लम्साल, रमेश निर्दोश र संगिता चितौरे लगायत स्थानिय कलाकारहरुले प्रस्तुती दिएका छन । त्यस्तै महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको १२ औँ कपिलवस्तु डान्स आइडल पनि शुक्रवारदेखि सुरु भएको छ ।

यसैबिच महोत्सवको तेस्रो दिन २३ गते गायक गायिकाहरु रामजी खाँण, अस्मिता डल्लाकोटी, अफ्सर अली लगायत स्थानिय कलाकारहरुको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ ।यसैबिच यस वर्षको महोत्सवको टिकट दर सस्तो बनाइएको छ । दर्शकहरुको आर्थिक अवस्थालाई मध्यनजर गर्दै यस वर्ष १०÷१० रुपैँया घटाएर विद्यार्थीहरुको लागि ४० र अन्य सर्वसाधारणहरुको लागि ६० रुपैँया तोकिएको छ ।महोत्सवका निर्देशक दिनेश क्षेत्रीले ७० वर्ष पुगेका जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुलाई निःशुल्क प्रवेश दिइने निर्णय गरेको समते बताउनुभयो । जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुले नेपाल सरकारको परिचय पत्र देखाए महोत्सव स्थलमा प्रवेश पाउने उहाँले बताउनुभयो । २१ गतेदेखि सुरु भएको महोत्सव पौष १ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

१२ औैं कपिलवस्तु डान्स आइडल, चर्चित अन्तर्राष्ट्रिय खेलाडीको रेसलिङ प्रतियोगिता, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती, स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योगको प्रदर्शनी, मुक्तिनाथ मन्दिरको गेट र भिडियो जोन, वक्तृत्वकला प्रतियोगिता, आइटी तथा अटो क्षेत्रको प्रदर्शनी, बाल उद्यान, लुम्बिनीमा रहेको शान्ति दीप, विभिन्न झाँकी प्रदर्शनी तथा अन्य आकर्षकहरु महोत्सवका प्रमुख आकर्षकहरु हुन ।यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्न कपिलस्तु महोत्सवले र कला संस्कृति प्रवद्र्धनमा कपिलवस्तु डान्स आइडलले विशेष योगदान गर्दै आएको छ । बाणगंगा वेयलफेर सोसाइटी बाणगंगाको चर्चित र पुरानो सामाजिक कार्यमा क्रियाशील क्लबको रुपमा आफ्नो छुट्टै छवि बनाएको छ ।

प्रकाशित : २२ मंसिर २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६