खोज–अनुसन्धान

आज शनिवार महोत्सव हजारौ दर्शकले खचाखच हुदै : रामजीखाँण सहित अन्तर्राष्ट्रिय रेस्लरको भिडन्त हेर्न पाउने



कपिलवस्तु २३ मंसिर । आज शनिवार महोत्सव हजारौ दर्शकले खचाखच हुने भएको छ । विद्यालय र सरकारी कार्यलय विदा हुदा महोत्सवमा थामि नसक्नु भीड लाग्ने विगतलाई नियाल्दा यस्तो देखिएको हो । त्यसमा पनि रामजी खाँण सहितका कलाकारको प्रस्तुती र अन्तर्राष्ट्रिय रेस्लरको भिडन्त हेर्न पाउने भएपछि दर्शकको ओइरो लाग्ने आयोजकको अनुमान छ । बाणगंगा वयलफेयर सोसाइटीको आयोजनामा बिहीबारबाट सुरु भएको १४ औ कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीको दोस्रो दिन शुक्रबार ४ हजार बढी दर्शकले महोत्सवको अवलोकन गरेको महोत्सवका निर्देशक बुद्धिबहादुर रोकाहा (दिनेश)ले जानकारी दिए ।महोत्सवको दोस्रो दिन कपिलवस्तुमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको रेसलिङ्ग प्रतियोगिताका तीन वटा खेल भएका थिए । आज शनिबार पनि रेसलिङ्गका तीनवटा खेल हुनेछन् । कर्भडहलमा रेसलिङले दर्शकहरुको विशेष ध्यान खिच्न सफल हुदै आएको छ ।
दर्शकहरुले विशेष चासोका साथ कपिलवस्तु जिल्लामा पहिलो पटक प्रत्यक्ष रेस्लिङ हेर्ने ब्यस्था यसपाली आयोजकले मिलाएका हुन् । रेस्लिङमा नेपाल र भारतका प्रतियोगीहरुबीच प्रतिष्पर्धा जारी छ आज पनि चर्चित रेस्लरहरुबीचको प्रतिष्पर्धा हुने छ । शुक्रबार महोत्सवमा गायिका प्रिन्स लम्साल, रमेश निर्दोश, संगिता चितौरीको विशेष प्रस्तुतीसँगै दर्शकहरु झुमेका थिए । १२ औं कपिलवस्तु डान्स आइडलका टप १३ मा परेका प्रतियोगीहरुको पनि बेजोड प्रस्तुती रहेको आइडल संयोजक खड्क क्षेत्रीले जानकारी दिए । क्षेत्रीले शनिबारबाट आइडलको भोटिङ्ग सुरु हुने जानकारी दिए ।
देशको आर्थिक अवस्थालाई मध्यनजर गर्दै यस वर्ष १०(१० रुपैँया घटाएर विद्यार्थीहरुको लागि ४० र अन्य सर्वसाधारणहरुको लागि ६० रुपैँया तोकिएको ७० वर्ष पुगेका जेष्ठ नागरिकहरुको सम्मानका लागि र अपाङ्गता भएकाहरुलाई सहुलियतका लागि निःशुल्क प्रवेश दिइएको महोत्सवका संयोजक राजकुमार खाँणले जानकारी दिए । खाँणले महोत्सव अवलोकन गरी सुझाव सल्लाह दिन समेत कपिलवस्तु वासी र छिमेकी जिल्लावासीलाई आग्रह गरे ।शनिबार महोत्सवमा अन्तर्राष्ट्रिय रेसलिङ्ग प्रतियोगिता गायक रामजी खाँण, अस्मिता डल्लकोटी, अनु चौधरी, अफसर अलीसँगै स्थानीय कलाकारहरु १२ औ कपिलवस्तु डान्स आइडलको बेजोड प्रस्तुती रहने छ ।महोत्सवको आकर्षको रुपमा रहेको मुक्तिनाथ मन्दिरको गेट, लुम्बिनी स्थित शान्ति दीप, मायादेवी मन्दिर लगायतले दर्शको ध्यान तान्न सफल भएका छन् । महोत्सवमा करिब ५ करोड कारोबार हुने र ढाइ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकले अपेक्षा गरेका छन् ।

प्रकाशित : २३ मंसिर २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६