कपिलवस्तु २५ मंसिर । शुद्धोधनले भारतको कपिलवस्तुमा राज्य गरेको लेखिएका फोटोको लुम्विनीमा प्रदर्शनी गराएर लुम्विनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामा भारतीय एजेण्ट भएको असली परिचय दिएका छन् । भारतीय दूतावासले बुद्ध जन्मस्थल लुम्बिनी आएर कपिलवस्तु भारतमा रहेको दाबीसहित फोटो प्रदर्शनी गरेको हो । उत्तर प्रदेशको पिपरहवामा राजा शुद्धोधनले शासन गरेको दाबीसहित दूतावासले फोटो प्रदर्शनी गरेको हो। दूतावासले मंसिर २२ गते प्रदर्शनी गरेको थियो। उक्त प्रदर्शनी २ घण्टा मात्र भएको थियो।
कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल भइरहेका बेला लामा भारतकै स्वार्थमा त्यस्तो करतुत गर्न पुगेको श्रोतको दावि छ । दूतावासले झुटो प्रचार गरेको उक्त प्रदर्शनीमा लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री सुदन किराती, लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामा, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेश गृहमन्त्री सन्तोषकुमार पाण्डेय, स्वास्थ्यमन्त्री राजु खनाल, सामाजिक विकास मन्त्री सिके गुप्ता, पूर्वमन्त्रीहरू हृदयेश त्रिपाठी, कृष्णध्वज खड्कालगायत साक्षी थिए ।मायादेवी मन्दिर परिसरमै आयोजना भएको प्रदर्शनीमा दूतावासले भारतमा रहेका ुबुद्धिष्टु स्थलहरूको फोटो र मण्डलको प्रदर्शनी गरेको थियो।राजा शुद्धोधनको दरबार रहेको तिलौराकोटमा सिद्धार्थ गौतमले २९ वर्ष बिताएका थिए।
कपिलवस्तु सदरमुकाम तौलिहवादेखि करिब तीन किमी उत्तरतर्फ वाणगंगा नदी किनारमा तिलौराकोट छ।बुद्ध दर्शन र जीवनमा महत्व रहेको तिलौराकोट प्राचीन शाक्य गणराज्यको राजधानी, पौराणिक सहर रहेको उत्खनन र अध्ययनबाट पुष्टि भएका थिए।सिद्धार्थ गौतमको क्रिडास्थल भनेर चिनिने तिलौराकोटमा भएका उत्खननबाट जुटेको प्रमाणका आधारमा यस क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि पहल भइरहेका छन्।लुम्बिनीका पूर्वमन्त्री एवं प्रदेश सांसद विष्णु पन्थीले तिलौराकोटको इतिहास मेट्ने षड्यन्त्रमा सरकारका पर्र्यटन मन्त्री ,मुख्यमन्त्री नै साक्षी बसेको आरोप लगाए।
सक्कली कपिलवस्तु र तिलौराकोटलाई नक्कली बनाउने भारतको सुनियोजित चालमा संघीय मन्त्री, प्रदेशका मुख्यमन्त्री र मन्त्री साक्षी बस्नु बुद्ध र लुम्बिनीमाथिको घात भएको उनको भनाइ छ। यो काम सुनयिोजित रुपमा भएको सांसद पन्थीको विष्लेषण छ । यता लुम्विनी वौद्ध विश्व विद्यालयका पुरातत्व विषयका प्राध्यापक गुनाखर गैरेले भारतका नक्कली पर्यटकीय साइटको लुम्विनी मै फोटो प्रदर्शनी गर्न दिने उदेश्य नै गलत रहेको वताउदै तिलौराकोटलाई ध्वस्त वनाउन भएको गंभिर षडयन्त्र हो भन्नु भयो । यस्ता गतिविधीका विरुद्ध कपिलवस्तुवासी आन्दोलित हुनु पर्ने उहाले वताउनु भयो ।
प्रतिक्रिया