अर्थ-वाणिज्य

महोत्सव प्रतियोगितामय : बक्तृत्वकलामा जनता प्रथम र होराइजन द्वितीय



कपिलवस्तु २६ मंसिर । महोत्सव प्रतियोगितामय बनेको छ । डान्स आईडल प्रतियोगिता चली रहेकै बखत बक्तृत्वकला प्रतियोगिता भएको छ ।जसमामा जनता माबी पिपरा प्रथम र होराइजन माबी द्वितीय र महेन्द्र माबी कोपवा तृतीय भएका
छन । बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा बाणगंगाको बुद्ध रंगशालामा मंसिर २१ देखि जारी १४ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीको शैक्षिक कार्यक्रम अन्तर्गत वक्तृत्कला प्रतियोगिता सम्पन्न भएको हो ।प्रदर्शनीमा विभिन्न शैक्षिक कार्यक्रम अन्तर्गत वक्तृत्वकला प्रतियोगिता पनि आयोजना गरिएको महोत्सवका संयोजक राजकुमार खाँणले जानकारी दिए ।

‘युवा स्वरोजगारको बलियो आधार, उद्योग व्यापार पर्यटन तथा कृषि क्षेत्रको संरक्षण र विस्तार’ विषयक वक्तृत्वकला प्रतियोगितामा जनता माध्यमिक विद्यालय पिपराका रोविन बराल प्रथम, होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालयकी संयुक्ता डुम्रे द्वितीय, महेन्द्र मा।वि। कोपवाकी सुजाता गिरी तृतीय र बाल मा।वि। बैरियाकी श्रेया पौडेल शान्त्वना भएकी थिइन ।प्रतियोगिताको निर्णायक मण्डलमा यदुनाथ पन्थ, हुमकान्त बस्याल, कृष्ण प्रसाद घिमिरे रहेका थिए । बाणगंगा नगरका १० वटा सामुदायिक तथा नीजि विद्यालयको प्रतियोगितामा सहभागिता रहेको महोत्सवका शैक्षिक संघ संस्था समन्वय उप–समिति संयोजक बासुदेव घिमिरेले जानकारी दिए । घिमिरेले विजेता विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाण–पत्र महोत्सव समापनको दिन पुष १ गते प्रदान गरिने बताए । घिमिरेले २७ गते बुधबार विद्यालय स्तरीय एकल लोक गायन प्रतियोगिता राखिएको समेत जानकारी दिए । घिमिरेले कक्षा ५ देखि माथिका किशोर किशोरीहरुलाई लक्षित गरी अध्यात्मिक गुरु डा।चिन्तामणिनाथ योगी अमेरिकी सिनेटलाई सम्बोधन गर्ने पहिलो नेपाली महोत्सव स्थलमा मंसिर २९ गते शुक्रबार विहान ११ः०० बजेदेखि सँस्कार र २१ औं शताब्दी सुहाउँदो प्रविधि सम्बन्धी १ दिने उत्प्रेरणात्मक प्रवचन, अनुभव बारेमा प्रवचन दिने कार्यक्रम समेत आयोजना गरिएको जानकारी दिए

प्रकाशित : २६ मंसिर २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६