अर्थ-वाणिज्य

महोत्सवमा चर्चित कलाकारले दर्शकलाई छमछमी नचाए



कपिलवस्तु २६ मंसिर ।आज १४ औँ कपिलवस्तु महोत्सवको छौठौँ दिन करिव ७ हजार दर्शकहरुले अवलोकन गरेका छन । बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा चारनम्बरको बुद्ध रङ्गसालामा विहिवारदेखि सुरु भएको महोत्सवको छौठौँ दिन मंगलबार पनि दर्शकहरुको उत्कृष्ट साथ रहेको महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाहा क्षेत्रीले बताउनुभयो ।त्यस्तै आज २० लाख बढिको आर्थिक कारोबार भएको पनि उहाँले बताउनुभयो ।२६ गते गायक गायिकहरु शान्तीश्री परियार, रचना रिमाल, अलिफ खान र नारायण बिपी परियार लगायत स्थानिय कलाकारहरुले प्रस्तुती दिएका छन । त्यस्तै १२ औँ कपिलवस्तु डान्स आईडल पनि सञ्चालन भैरहेको छ ।

त्यस्तै भोलि २७ गते गायक गायिकाहरु प्रमोद खरेल, राजु गुरुङ, सपना गाहा र दिपक दर्लामी लगायत स्थानिय कलाकारहरुको विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ ।यसैबिच महोत्सवमा आज वक्तृत्कला प्रतियोगिता सम्पन्न भएको छ । ‘युवा स्वरोजगारको बलियो आधार, उद्योग व्यापार पर्यटन तथा कृषि क्षेत्रको संरक्षण र विस्तार’ विषयक वक्तृत्वकला प्रतियोगितामा जनता माध्यमिक विद्यालय पिपराका रोविन बराल प्रथम, होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालयकी संयुक्ता डुम्रे द्वितीय, महेन्द्र मा.वि. कोपवाकी सुजाता गिरी तृतीय र बाल मा.वि. बैरियाकी श्रेया पौडेल शान्त्वना भएकी थिइन ।

प्रतियोगिताको निर्णायक मण्डलमा यदुनाथ पन्थ, हुमकान्त बस्याल, कृष्ण प्रसाद घिमिरे रहेका थिए । बाणगंगा नगरका १० वटा सामुदायिक तथा नीजि विद्यालयको प्रतियोगितामा सहभागिता रहेको महोत्सवका शैक्षिक संघ संस्था समन्वय उप–समिति संयोजक बासुदेव घिमिरेले जानकारी दिए । घिमिरेले विजेता विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाण–पत्र १ गते प्रदान गरिने बताए ।

प्रकाशित : २६ मंसिर २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६