खोज–अनुसन्धान

आज सबैभन्दा धेरै दर्शक बुद्ध रंगशाला आउने : प्रमोद खरेल प्रति युवा युबतीको उच्च आकर्षण



कपिलवस्तु २७ मंसिर ।आज सबैभन्दा धेरै दर्शक बुद्ध रंगशाला आउने अनुमान गरिएको छ ।प्रमोद खरेल प्रति युवा युबतीको उच्च आकर्षक भएकोले यस्तो देखिएको बाणगंगा वेयलफेयर सोसाइटीक प्रेस संयोजक कृष्ण पौडेलले जनकरी दिए ।वेलफेयर्को आयोजनामा गत मंसिर २१ गतेदेखि जारी महोत्सवको सातौ दिन चर्चीत तथा सबैका लोक प्रिय गायक प्रमोद खरेल लगायतका कलाकारलले दर्शकहरुलाई नचाउने भएका छन् । खरेल नेपाली चर्चित आधुनिक गायक हुन् । उनी नेपालको वर्तमान सङ्गीत क्षेत्रका एक बहुप्रतिभाशाली गायकको रूपमा परिचित छन् । खरेलले हालसम्म विभिन्न किसिमका २ हजार भन्दा बढी गीतहरू रेकर्ड गरिसकेका छन् ।

बुधबार महोत्सवमा बहु चर्चित गायक खरेलसँगै राजु गुरुङ, सपना गाहा, दीपक दर्लामी लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने महोत्सवका संयोजक राजकुमार खाँणले जानकारी दिए । खाँणले महोत्सवको आकर्षक १२ औं कपिलवस्तु डान्स आइडलका टप ८ प्रतियोगीहरुको समेत बेजोड प्रस्तुती रहने बताए ।

महोत्सवका छैठौै दिन अर्थात मंगलबार ७ हजार बढी दर्शकहरुले महोत्सवको अवलोकन गरेको महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाहा दिनेशले जानकारी दिए । रोकाहाले महोत्सवमा करिब २० लाख बढीको आर्थिक कारोबार भएको बताए । रोकाहाले महोत्सवमा दर्शकहरुको न्यानो माया र साथ थप पाउँदै गएको बताए ।

यस्तै महोत्सवको मंगलबार चर्चित गायिका शान्तिश्री परियार, रचना रिमाल, अलिफ खान, नारायण विपी परियार लगायतको बेजोड प्रस्तुतीसँगै बुद्ध रंगशाला तातेसँगै दर्शकहरु झुमेका थिए । महोत्सवमा १२ औं कपिलवस्तु डान्स आइडलको समेत बेजोड प्रस्तुती रहेको र समयरा चौधरी बाहिरिएको १२ औं कपिलवस्तु डान्स आइडल संयोजक खड्क बहादुर क्षेत्रीले जानकारी दिए ।

१२ औं कपिलवस्तु डान्स आइडलको उपाधि हात पार्नेले १ लाख २१ हजार १ सय २१ रुपैयाँसहित चाँदीको टोपी, द्वितीय हुनेलाई ७७ हजार ७ सय ७७, तृतीयलाई ५५ हजार ५ सय ५५ रुपैयाँ सान्तवनालाई समेत पुरस्कारको व्यवस्था गरिएको क्षेत्रीले बताए ।डान्स आइडलको प्रमुख निर्णायक हरिशरण रिजालले १२ औं कपिलवस्तु डान्स आइडल सुनौलो अवसर भएको र राम्रो कलाकार, र राम्रो डान्सर बन्ने अवसर कपिलवस्तुमै आएको बताए । रिजालले डान्स आइडलबाट कलाकारिता क्षेत्रको नयाँ बाटो खुल्ने र प्रतिसपर्धीलाई म्युजिक भिडियोदेखि लिएर राष्ट्रिय तहमा समेत स्थान दिने बताए ।

प्रकाशित : २७ मंसिर २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६