कपिलवस्तु २ पुस ।अखिल नेपाल किसान महासंघ लुम्विनी प्रदेश चौथो पूर्ण वैठक कपिलवस्तुको चारनम्वरमा सम्पन्न भएको छ । बैठकलाई संवोधन गर्दै एमालेका प्रदेश अध्यक्ष राधाकृष्ण कडेलले एमालेले जितेका पालिकामा बजेट बनाउने बेलामा किसानका उत्थानकालागि कार्यक्रम राखेका छौ या छैनौ भन्ने कुरा महवपूर्ण भएको वताउनु भयो ।
उहाले किसानहरूलाई आय आर्जन सहित आर्थिक उत्थान हुने कुरा गर्नुपर्ने, किसानको सर्बाेपरी हितको लागि काम गर्नु वताउनु भयो । महासंघको केन्द्रीय सचिव एवम लुम्विनी प्रदेशका पूर्व कृषिमन्त्री आरती पौडेलले एमाले सरकारमा रहदा वास्तविक किसानलाई अनुदान दिने काम भएको तर्क गर्नु भयो । उहाले कर्मचारी तन्त्रको मानसिकता किसानमैत्री नभएको भन्दै देश बन्न नेता जत्तिकै जिम्मेवार कर्मचारी हुनु पर्ने औल्याउनु भयो ।
प्रदेश अध्यक्ष महेन्द्र गिरीको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक प्रतिवेदन र आगामी कायक्रमको योजना किसान नेता ताराजन घिमिरेले पेश गर्नु भएको थियो । सचिव मुक्ति पोखरेलको संचालनमा भएको बैठकमा एमाले कपिलवस्तुका अध्यक्ष डम्मर शर्मा समेतको आतिथ्यता थियो ।यता बैठकमा स्वागत गर्दै कपिलवस्तु महासंघका अध्यक्ष रेशम केसीले किसान जागरण संचालन गरेको वताउदै अव किसान डायरी छाप्ने काम गर्ने वताउनु भयो ।
२ पुस २०८०, सोमबार
प्रतिक्रिया