ब्रेकिंग न्युज

प्रजिअ आचार्यलाई मेयर्स क्लव कपिलवस्तुको बिदाई



कपिलवस्तु २ पुस ।कपिलवस्तु नगरपालिकाको तौलिहवा स्थित मेयर कक्षमा आयोजित शंकरहरि आचार्यलाई फेरी भेटौला कार्यक्रम अन्र्गत कपिलवस्तु मयर्स क्वले बिदाई गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्य, क्वलका अध्यक्ष तथा बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ, महाराजगंज नगरपालिकाका मेयर अब्दुल कलाम, कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल, बाणगंगा नगरपालिकाका मेयर चक्र अर्याल, सुद्धोदन गाउपालिका अध्यक्ष कमलेशरण चौधरी सहीतको टोलीले प्रअिज आचार्यलाई बिदाई गरेका हुन । आचार्यलाई उनीहरुले खादा र टीका लगाई मायाको चिनो समेत प्रदान गरेका थिए । सो अवसरमा प्रजिअ आचार्यले आफुले प्रशासन कार्यालयको राहदानी, नागरिकता लगायतको सेवा प्रभाव सजिलो हुने गरी काम अघि बाढएको बताए ।

प्रकाशित : २ पुस २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६