कपिलवस्तु ३ पुस । १२ औं ‘कपिलवस्तु डान्स आइडल’को ताज यशअघि ४ नुम्बर पिपरा बोर्डगाउँ देखि बनगाइ सम्मका राजमर्ग आसपासका प्रतियोगीले जित्ने गरेकोमा यसपाली राजमार्गबाट धेरै टाढाको भुगोलकी मोनिका रानाले जितेकी छन । भोटका अधारमा हुनेहुदा सधैं राजमार्ग आसपास्काले जित्ने गर्थे । ताज पहिरिएकी मोनिका राना बाणगंगा–११ बरवा स्थित सूर्योदय मा।वि।को कक्षा ११ को शिक्षा संकायमा अध्ययरत बिध्यार्थी हुन ।मोनिकाले कक्षा १ देखि ३ सम्म बरवाकै इभरग्रिन इंगलिस बोर्डिङ्ग स्कुलमा अध्ययन गरेकी र कक्षा ४ नपढी कक्षा ५ देखि सूर्योदय मा।वि।मा अध्ययरत छिन् । रानाले फाइनलमा पुगेका अन्य ३ प्रतिस्पर्धीलाई पछि पार्दै सो उपाधिको ताज हात पारेकी हुन। उपाधिसँगै उनले १ लाख २१ हजार १ सय २१ रुपैयाँसहित चाँदीको टोपी एवम् विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेकी छिन्। यस्तै विहान कार्की द्वितीय, प्रिन्सिका खाँण तृतीय र मेनिसा छहारी सान्त्वना भएकी छिन्। द्वितीय हुनेले ७७ हजार ७ सय ७७, तृतीयले ५५ हजार ५ सय ५५ रुपैयाँ र सान्त्वना हुनेले पनि विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्।
विजयी भएकाहरूलाई आयोजक बाणगंगा बेलफेयर सोसाइटीका अध्यक्ष राज कुमार राना, महासचिव दिनेश क्षेत्री र निर्णय मन्डलले ताज पहिराउँदै नगद हस्तान्तरण गरेका थिएआइडलकालागि सुरुमा १३ जना प्रतिस्पर्धी छनौट भएका थिए। उनीहरुले गरेको प्रदर्शन निर्णायक र दर्शकले गरेको भोटका आधारमा छनौट गरिएको हो।
विजयी भएकी रानाले आफ्नो जीतको श्रेय अभिभावक, गुरु वर्गहरूलाई दिएकी छिन। उनले यो जितले आफू निकै खुसी भएको र आफूले यो समाजकालागि केही गरेर देखाउने बताइन।बाणगङ्गा वेलफेयर सोसाइटीको आयोजनामा यही मंसिर २१ गतेदेखि सुरु भएको १४ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीको पौष १ गते समापन भएको हो।
आइडलका निर्णायक हरिशरण रिजालले मोनिकाको प्रतिभामा निखार ल्याउन आगामी दिनमा आफूहरु सहयोग र सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए । निर्णायक प्रेम थापाले इच्छा शक्ति भएमा हरेक कुरा सम्भव हुने बताउँदै कपिलस्तु डान्स आइडल मोनिकालाई कला क्षेत्रमा सहयोग र सहकार्य गर्न तत्पर रहेको बताए ।
प्रतिक्रिया