खोज–अनुसन्धान

लुम्विनीमा ५महिनादेखि बसेन कांग्रेस संसदीय दलको बैठक



बुटवल ३ पुस ।लुम्बिनीमा कांग्रेस भित्रको आन्तरिक विवादले लामो समयदेखि संसदीय दलको बैठकसमेत बस्न सकेको छैन । बैठक आहृवानकै विषयमा विवाद छ । कांग्रेसका दुई समुहबीच बैठक राख्ने र नराख्ने विषयमै सहमति जुट्न नसकेको कांग्रेस प्रदेश समितिका एक सदस्यले बताए । कांग्रेस स्रोतका अनुसार पार्टीले सरकार विस्तार गर्नु अघि संसदीय दलको बैठक राख्न मुख्यमन्त्री एवं संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई दबाब दिइरहेको छ । तर, मुख्यमन्त्री एवं दल नेता चौधरी सरकार विस्तारपछि मात्र बैठक राख्ने पक्षमा देखिएका छन् । चौधरी मुख्यमन्त्री शेरबहादुर देउवा निकटका हुन् । प्रदेशमा कांग्रेस सभापति अमरसिंह पुन शेखर कोइराला निकट मानिन्छन् ।
लुम्बिनी प्रदेशको सरकार विस्तारका विषयमा कांग्रेसको संस्थापन पक्ष र इतरपक्षबीच पनि लामो समयदेखि द्वन्द्व चल्दै आएको छ । अहिले मुख्यमन्त्री चौधरीले केन्द्रमा सहमति गराएर सरकार विस्तारको तयारी गरेका छन् । माओवादीबाट १ जना र कांग्रेसबाट १ जना मन्त्री थप गर्ने तयारी भएपछि कांग्रेसको प्रदेश समितिले संसदीय दलको बैठक राख्न दवाव दिएको छ । तर, सरकार पक्षले पहिला सरकार विस्तार गर्ने प्रयास गरिरहेको कांग्रेसका प्रदेश सभा सदस्यले बताए ।

प्रकाशित : ३ पुस २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६