कपिलवस्तु ४ पुस । कपिलवस्तु उद्योग बाणिज्य संघ जीतपुर ४ नम्वरको माघ २३ मा हुने अधिबेशनकालागि पूर्व बरिष्ट उपाध्यक्ष गुणनिधी भुसालले अध्यक्षमा उम्मेदवारी दिनु हुने भएको छ । उहाको उम्मेदवारी घोषणा संगै यसपाली पनि उद्योग वाािण्ज्य संघको नेतृत्व सर्ब सहमतिमा छनौट हुने संकेत देखिएकोछ । भुसाल बाणगंगा ८ का पूर्ब निर्वाचित वडाध्यक्ष समेत हो । उहा इटटा लगायत बिभिन्न उद्योगको संचालक समेत हुनु हुन्छ । कुनै पनि विवादमा नमुछिएका र आफैमा अधिबक्ता समेत रहनु भएका भुसाल उद्योग वाणिज्यसंघको सदस्य हुदै बरिष्ट उपाध्यक्षमा पुगेका वखत जनप्रतिनिधी निर्वाचित भएपछि ५ वर्ष उद्योग वाणीज्यसंघमा सकृय रहनु भएन ।
आफ्नो कार्यकाल सकिएसंगै फेरी उद्योग वाािण्ज्यसंघको कानुनी सल्लाहकारम रहेर हाल कृयासिल भुसाल सबै उद्योगी ब्यवासायीले साथ दिएर अध्यक्ष बनाउन माहोल सकारात्मक बन्ने संकेत पाएपछि अध्यक्षमा उम्मेदवारी दिने तयारीमा पुग्नु भएको । पूर्ब अध्यक्ष उमानाथ पौडेलले भुसाल अघि सर्दा सर्ब सहमत रुपमा नेतृत्व छनौट हुने देखिएकाले पूर्ब अध्यक्षहरुको अनौपचारिक छलफलवाट उहालाई अघि सार्ने पहल भएको वताउनु भयो । विगतमा एमालेको कमिटीगत जिम्मेवारी समेत संहालेका भुसाल हाल एमालेको कुनै पनि जिम्मेवारीम हुनुहुन्न । त्यही भएकाले उहाको उम्मेदवारीलाई कसैले पनि पार्टीगत लेवल लगाउन मिल्ने ठाउ नदेखिएको पूर्ब अध्यक्ष देवि पाण्डेले वताउनु भयो । यता उम्मेदवारी घोषणा गर्दै सबै साथीहरुले मलाई साथ दिएमा नेतृत्व गर्न तयार छु भन्दै उद्योग वाणिज्यसंघलाई नयाँ उचाई पुर्याउने दावि गर्नु भयो ।
यसपाली खास गरी पूर्ब वरिष्ट उपाध्यक्ष रुक वहादुर भुसाल समेत अध्यक्षको संभावित आकांक्षी देखिएको वताइएपनि उहाहरु दुबै एउटै उद्योगका साझेदार भएकाले एक आपसमा प्रतिस्पर्धा नगर्ने उद्योगी ब्यवासायीको आकलन छ । रुक वहादुर नेपाली कांग्रेसमा आस्था राख्ने उद्योगी हुनु हुन्छ ।
४ पुस २०८०, बुधबार
प्रतिक्रिया