अर्थ-वाणिज्य

कांग्रेस मधेश प्रदेशको प्रथम सम्मेलन शेखर कोइरालाले गरे बहिस्कार



जनकपुर५ पुस । नेपाली कांग्रेस मधेश प्रदेशको प्रथम सम्मेलन शेखर कोइरालाले बहिस्कार गरेका छन ।मन्चमा आसन नगरे र दर्शक दीर्घामा बसेर बहिष्कार गरेका हुन । आसनग्रहणको मर्यादाक्रमबारे विवाद देखिएको हो ।
जनकपुरधामको तिरहुतिया गाछीमा आज कांग्रेस मधेश प्रदेश सम्मेलनको उद्घाटन सभापति शेरबहादुर देउवाले गरेका हुन् ‌। तर सभापति देउवा सहभागी पार्टीको प्रदेश सम्मेलनमै किचलो देखिएको छ ।प्रदेश सम्मेलन उद्घाटन समारोह आसनग्रहणकै मर्यादाक्रम नलिएको भन्दै नेता शेखर कोइराला र उनका पक्षधर नेताहरुले बहिष्कार गरे । सम्मेलनमा पुगेका नेता बिमलेन्द्र निधिले भने आसन ग्रहण गर्न मानेनन् ।

आसन ग्रहणका लागि पूर्व उपसभापति समेत रहेका नेता निधिलाई पटक पटक मञ्चमा बोलाए । तर उनी उद्घोषकको कुरा नसुने जस्तै दर्शकदीर्घामै बसिरहे । स्रोतका अनुसार उनी पनि आसन ग्रहणको मर्यादाक्रममा असन्तुष्ट छन् ।

सम्मेलनमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री महेन्द्र यादव, प्रवक्ता प्रकाशशरण महत लगायत नेताहरु सहभागी छन् ।
दुई दिनसम्म चल्ने सम्मेलनमा ८२५ जना प्रदेश प्रतिनिधिले भाग लिएका छन् । उद्घाटन सत्रमा आठै जिल्लाबाट अगुवा नेता र कार्यकर्ताहरु पनि आएका छन् ।

प्रकाशित : ५ पुस २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६