बुटवल ६ पुस । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वनको नेतृत्व सरकार सङग अधिकारकालागी लडाइँ गर्दा समृद्धिको अभियानमा लाग्न नसकेको बताएका छन् । बुटवलमा हिजो देखि शुरू भएको सामुदायिक वनको सवालमा प्रदेशस्तरिय क्षमता अभिबृद्धि तथा रणनितिक योजना गोष्ठीको उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष भण्डारीले यस्तो बताएका हुन् ।
उनले वनको अधिकार पूणर् रूपमा प्राप्त नहुँदै समृद्धिको अभियानको कुनै अर्थ नरहने तर्क गरे । मुलुकको समृद्धि वन र वातावरण संग जोडिएको छ । सामुदायिक वनका सवालमा थुप्रै अधिकार प्राप्त नभई सकेको अवस्थामा समृद्धि खोज्नु गलत हो, अध्यक्ष भण्डारीले भन्नू भयो । सरकार र राजनितिकदलहरूले अधिकार आन्दोलन सकिएको र अब समृद्धिको यात्रामा लाग्नु पर्छ भनिरहेको अवस्थामा हामी सामुदायिक वनका अधिकार प्राप्त गर्न बाँकी रहेकोले अधिकार प्राप्तीको आन्दोलन अझै पनि आन्दोलनमा रहेकोले समृद्धिको यात्रा पूणर्मा जोड्न सक्दैनौँ, अध्यक्ष भण्डारीले भने ।जब सम्म स्थानीय समुदाय, दलित, आदीबासी, जनजाति, मधेसी, मुस्लिमको अधिकार सम्बोधन हुँदैन तब सम्म कुनैपनि हालतमा समृद्धिको यात्रामा तय गर्न नसक्ने बताए । अध्यक्ष भण्डारीले अधिकार प्राप्त नहुँदा सम्म समृद्धिको यात्रामा नलाग्ने अडान रहेको बताए । उनले सरकार र राजनितिक दलहरू संग अधिकारका बिषयमा जोडदार रूपमा आवाज उठाउँदै आईरहेको बताए ।
कार्यक्रमको प्रमुख अतिथी समेत रहेका अध्यक्ष भण्डारीले सामुदायिक वनका अधिकार कुण्ठित गरेर मुलुकमा समृद्धि प्राप्त नहुन नसक्ने ठोकुवा गरे । उनले जब सम्म वन पैदावार उपयोग हुन पाउँदैन तब मुलुकको समृद्धि हुनै नसक्ने जिकिर गरे । वन पैदवार उपयोगबाट मात्र मुलुकको समृद्धि हुने भएकोले सरकार र राजनीतिदल हरूले ध्यान दिन आग्रह समेत गरेका छन् ।
प्रतिक्रिया